Breaking News
आज काठमाडौं उपत्यकामा वर्षाको राम्रो सम्भावना, अपराह्नपछि मध्यम वर्षा हुन सक्ने    ||     ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||    

चितवनको सानदार जित: नेपाल प्रिमियर लिगमा जनकपुरलाई ३२ रनले हरायो

  •   २ वर्ष अघि | २९ मंसिर २०८१, शनिबार

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को शनिबारको खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई ३२ रनको अन्तरले पराजित गरेको छ। टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले ४ विकेट गुमाएर १८० रनको चुनौती प्रस्तुत गर्‍यो। जवाफी ब्याटिङमा जनकपुर १८ ओभरमै १४८ रनमा अलआउट हुन पुग्यो।

चितवनका ब्याट्सम्यानको उत्कृष्ट प्रदर्शन

चितवनका लागि कप्तान कुशल मल्लले उत्कृष्ट प्रदर्शन गरे। उनले ४१ बलमा ३ चौका र ७ छक्कासहित ७४ रन बनाए। त्यस्तै, रवि बोपाराले ४४ रनको महत्वपूर्ण योगदान दिए। ३२ बल खेलेका उनले ५ चौका र १ छक्का प्रहार गरे।

हसन इसाखिलले २८ रन र सन्तोष कार्कीले १४ रन बनाए। बसिल हमिद (१ रन) र सोहिल तनवीर (५ रन) अविजित रहे।

जनकपुरका बलरमध्ये ललित राजबंशीले २ विकेट लिए भने हर्ष ठाकेर, शेर मल्ल र जेम्स निसमले समान १-१ विकेट लिए।

जनकपुरको संघर्षपूर्ण ब्याटिङ

१८१ रनको लक्ष्य पछ्याउने क्रममा जनकपुरका जेम्स निसमले विस्फोटक इनिङ्स खेले। उनले २४ बलमा ५ चौका र ६ छक्का प्रहार गर्दै ६५ रन बनाए। यस क्रममा उनले १८ बलमै अर्धशतक पूरा गर्दै कीर्तिमानी प्रदर्शन गरे।

तर, अन्य खेलाडीले प्रभाव जमाउन सकेनन्। आसिफ शेखले २३, सुभ कंशकारले १५, र मोहम्मद मोसिनले १३ रन मात्र जोड्न सके। बाँकी ब्याट्सम्यान भने दोहोरो अंकमा पुग्न असफल रहे।

चितवनका बलरहरू रिजन ढकाल, सोहिल तनवीर र कुशल मल्लले २-२ विकेट लिए। अमर रौटेलाले १ विकेट लिए।

चितवनको बलियो प्रदर्शन

यस जितसँगै चितवन राइनोजले लिग तालिकामा आफ्नो स्थिति अझ बलियो बनाएको छ। कप्तान कुशल मल्लको नेतृत्वमा टिमको प्रदर्शनले दर्शकहरूको ध्यान तानेको छ। जनकपुरका जेम्स निसमको आक्रमक ब्याटिङ पनि खेलको मुख्य आकर्षण रह्यो।

अर्को खेलमा चितवनले आफ्नो प्रदर्शनलाई निरन्तरता दिने आशा गरिएको छ।


  • Jigyasa media

थप