Breaking News
चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||    

बंगलादेशमा सम्पन्न एसियन बक्सिङ च्याम्पियनसिपका नेपाली खेलाडी र प्रशिक्षक सम्मानित

  •   २ वर्ष अघि | १८ मंसिर २०८१, मङ्लबार

काठमाडौं । बंगलादेशको राजधानी ढाकामा सम्पन्न जेन जी फाइट नाइट साउथ एसियन बक्सिङ च्याम्पियनसिपमा सहभागी नेपाली खेलाडी र प्रशिक्षकलाई एक कार्यक्रमका बीच सम्मान गरिएको छ।

ललितपुरमा आयोजित उक्त सम्मान कार्यक्रममा नेपाल प्रोफेशनल बक्सिङ कमिसन र सिल्क ट्रान्सपोर्ट प्रालिले संयुक्त रूपमा खेलाडी र प्रशिक्षकलाई कदरपत्र तथा नगद पुरस्कार प्रदान गरे।

सम्मानित खेलाडीहरू र प्रशिक्षक

अनिल कुमार पुन मगर: ६१ केजी तौल समूहमा विजेता।

पुरन राई: ५९ केजी तौल समूहका सहभागी।

महेन्द्र बहादुर चन्द: ६३ केजी तौल समूहका सहभागी।

प्रेम पाउजा: प्रशिक्षक।


त्यसैगरी, **वल्र्ड बक्सिङ काउन्सिल (WBC)**बाट रिङ अफिसियल कोर्स पूरा गरी पहिलो प्रोफेशनल बक्सिङ रेफ्री बनेका राजन प्रजापतिलाई पनि सम्मान गरिएको थियो। उनले उक्त च्याम्पियनसिपमा रेफ्रीको भूमिका निर्वाह गरेका थिए।

कार्यक्रममा बक्सिङका वरिष्ठ प्रशिक्षक, खेलाडी, र अन्य बक्सिङप्रेमी गरी करिब ४० जनाको उपस्थिति थियो।

सिल्क ट्रान्सपोर्टका प्रमुख कार्यकारी अधिकृत रमेश शेर्पाले नेपालमा व्यवसायिक बक्सिङको विकास र खेलाडीहरूको प्रोत्साहनका लागि विभिन्न किसिमले सहयोग गर्दै आएको र आगामी दिनमा पनि नेपाल प्रोफेशनल बक्सिङ कमिसनसँग सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

यस प्रकारको सम्मानले नेपाली बक्सिङ खेलाडीहरूको मनोबल बढाउनुका साथै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन थप प्रेरणा प्रदान गर्ने विश्वास आयोजकले व्यक्त गरेको छ।


  • Jigyasanepal

थप