Breaking News
आज काठमाडौं उपत्यकामा वर्षाको राम्रो सम्भावना, अपराह्नपछि मध्यम वर्षा हुन सक्ने    ||     ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||    

अष्ट्रेलियाले इंगल्याण्डलाई हराएपछि नेपाल क्वार्टरफाइनलमा प्रवेश

  •   २ वर्ष अघि | १६ कार्तिक २०८१, शुक्रबार

काठमाडौँ - हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालले एक खेल बाँकी हुँदै क्वार्टरफाइनलमा स्थान पक्का गरेको छ। समूह बी अन्तर्गत अष्ट्रेलियाले इंगल्याण्डलाई ३४ रनले पराजित गरेपछि नेपाल क्वार्टरफाइनलमा पुगेको हो।

पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले एक विकेटको क्षतिमा १४७ रनको ठूलो योगफल बनायो। जवाफमा इंगल्याण्डले ११३ रन मात्र बनाउन सक्यो, जसका कारण लगातार दुई खेल हार्दै इंगल्याण्ड समूह चरणमै बाहिरिएको छ। यससँगै अष्ट्रेलिया र नेपाल दुवै क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।

समूह विजेता तय गर्न अब नेपाल र अष्ट्रेलियाबीचको खेल हुनेछ।

नेपालका कप्तान सन्दीप जोराको उत्कृष्ट प्रदर्शनले टोलीलाई पहिलो खेलमै इंगल्याण्डविरुद्ध १० विकेटको जित दिलाएको थियो। जोराले ५० रन बनाउँदै ९८ रनको लक्ष्य विना क्षति ४.२ ओभरमै पूरा गरेका थिए।

यसअघि, इंगल्याण्डले टस जितेर ब्याटिङ गरे पनि ५.५ ओभरमा ६ विकेट गुमाएर मात्र ९७ रन बनाएको थियो।


  • Jigyasa media

थप