Breaking News
चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||    

अष्ट्रेलियाले इंगल्याण्डलाई हराएपछि नेपाल क्वार्टरफाइनलमा प्रवेश

  •   २ वर्ष अघि | १६ कार्तिक २०८१, शुक्रबार

काठमाडौँ - हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालले एक खेल बाँकी हुँदै क्वार्टरफाइनलमा स्थान पक्का गरेको छ। समूह बी अन्तर्गत अष्ट्रेलियाले इंगल्याण्डलाई ३४ रनले पराजित गरेपछि नेपाल क्वार्टरफाइनलमा पुगेको हो।

पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले एक विकेटको क्षतिमा १४७ रनको ठूलो योगफल बनायो। जवाफमा इंगल्याण्डले ११३ रन मात्र बनाउन सक्यो, जसका कारण लगातार दुई खेल हार्दै इंगल्याण्ड समूह चरणमै बाहिरिएको छ। यससँगै अष्ट्रेलिया र नेपाल दुवै क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।

समूह विजेता तय गर्न अब नेपाल र अष्ट्रेलियाबीचको खेल हुनेछ।

नेपालका कप्तान सन्दीप जोराको उत्कृष्ट प्रदर्शनले टोलीलाई पहिलो खेलमै इंगल्याण्डविरुद्ध १० विकेटको जित दिलाएको थियो। जोराले ५० रन बनाउँदै ९८ रनको लक्ष्य विना क्षति ४.२ ओभरमै पूरा गरेका थिए।

यसअघि, इंगल्याण्डले टस जितेर ब्याटिङ गरे पनि ५.५ ओभरमा ६ विकेट गुमाएर मात्र ९७ रन बनाएको थियो।


  • Jigyasa media

थप