Breaking News
आज काठमाडौं उपत्यकामा वर्षाको राम्रो सम्भावना, अपराह्नपछि मध्यम वर्षा हुन सक्ने    ||     ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||    

नेपालले पहिलो खेलमा अमेरिकालाई पराजित गर्‍यो

  •   २ वर्ष अघि | २ कार्तिक २०८१, शुक्रबार

कात्तिक २, २०८१ | काठमाडौं

नेपालले पहिलो टी-२० आई खेलमा घरेलु टोली अमेरिकालाई १७ रनले पराजित गरेको छ। ग्राण्ड प्रेरी रंगशालामा आज बिहान भएको खेलमा अमेरिकाले नेपालले दिएको १६५ रनको लक्ष्य पछ्याउँदै ७ विकेट गुमाएर १४७ रनमा समेटिएको हो।

अमेरिकाका शायन जहानगिरले ६० रनको अविजित पारी खेले पनि टिमलाई जिताउन सकेनन्। अन्य खेलाडीहरूमा आन्द्रेस गौसले ३०, मिलिन्ड कुमारले २२ र जसदीप सिंहले १६ रन बनाए। कप्तान मोनांक पटेल र आरोन जोन्सले तीन/तीन रन बनाउँदा हरमीत सिंह दीपेन्द्रसिंहबाट शून्य रनमा एलबीडब्ल्यू आउट भए।

नेपालको जितमा दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिएका थिए, जबकि करण केसी, रिजन ढकाल र गुल्शन झाले १-१ विकेट लिए।

त्यसअघि, पहिलो ब्याटिङ गर्दै नेपालले ९ विकेटको क्षतिमा १६४ रन बनाएको थियो। कप्तान रोहित पौडेलले १ छक्का र ४ चौकाको मद्दतले ४९ रनको योगदान गरे। अन्य खेलाडीहरूमा दीपेन्द्रसिंह ऐरीले २८, ओपनर अनिल शाह र आसिफ शेखले समान २७/२७, गुल्शनले ११, कुशल भुर्तेलले १० र सोमपाल कामीले २ रन जोडे। करन केसी र आरिफ शेख शून्य रनमा आउट भए।

अमेरिकाका हरम्रीत सिंहले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए भने सौरभ नेत्रवालकरले ४ ओभरमा ३५ रन खर्चेर २ विकेट लिए। जसदीप सिंहले पनि ४ ओभरमा ३५ रन खर्चेर २ विकेट लिएका थिए, जबकि अली खान र नोष्थुश केंजिगेले समान १-१ विकेट लिए।


  • Jigyasa media

थप