Breaking News
चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||    

नेपालले पहिलो खेलमा अमेरिकालाई पराजित गर्‍यो

  •   २ वर्ष अघि | २ कार्तिक २०८१, शुक्रबार

कात्तिक २, २०८१ | काठमाडौं

नेपालले पहिलो टी-२० आई खेलमा घरेलु टोली अमेरिकालाई १७ रनले पराजित गरेको छ। ग्राण्ड प्रेरी रंगशालामा आज बिहान भएको खेलमा अमेरिकाले नेपालले दिएको १६५ रनको लक्ष्य पछ्याउँदै ७ विकेट गुमाएर १४७ रनमा समेटिएको हो।

अमेरिकाका शायन जहानगिरले ६० रनको अविजित पारी खेले पनि टिमलाई जिताउन सकेनन्। अन्य खेलाडीहरूमा आन्द्रेस गौसले ३०, मिलिन्ड कुमारले २२ र जसदीप सिंहले १६ रन बनाए। कप्तान मोनांक पटेल र आरोन जोन्सले तीन/तीन रन बनाउँदा हरमीत सिंह दीपेन्द्रसिंहबाट शून्य रनमा एलबीडब्ल्यू आउट भए।

नेपालको जितमा दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिएका थिए, जबकि करण केसी, रिजन ढकाल र गुल्शन झाले १-१ विकेट लिए।

त्यसअघि, पहिलो ब्याटिङ गर्दै नेपालले ९ विकेटको क्षतिमा १६४ रन बनाएको थियो। कप्तान रोहित पौडेलले १ छक्का र ४ चौकाको मद्दतले ४९ रनको योगदान गरे। अन्य खेलाडीहरूमा दीपेन्द्रसिंह ऐरीले २८, ओपनर अनिल शाह र आसिफ शेखले समान २७/२७, गुल्शनले ११, कुशल भुर्तेलले १० र सोमपाल कामीले २ रन जोडे। करन केसी र आरिफ शेख शून्य रनमा आउट भए।

अमेरिकाका हरम्रीत सिंहले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए भने सौरभ नेत्रवालकरले ४ ओभरमा ३५ रन खर्चेर २ विकेट लिए। जसदीप सिंहले पनि ४ ओभरमा ३५ रन खर्चेर २ विकेट लिएका थिए, जबकि अली खान र नोष्थुश केंजिगेले समान १-१ विकेट लिए।


  • Jigyasa media

थप