Breaking News
हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||     आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज ३५ जिल्लामा आकस्मिक बाढीको जोखिम, ठूला नदीमा पनि बहाव बढ्ने    ||     छ प्रदेशका केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||    

ओलीको कडा प्रहार : “हा-हुँको सरकारलाई देश छाडेर हामी विदेश भाग्दैनौं”

  •   १२ महिना अघि | ११ असोज २०८२, शनिबार

काठमाडौं, असोज ११ –

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारलाई “हा-हुँको सरकार” भन्दै देश छाडेर विदेश नभाग्ने चेतावनी दिएका छन्। राजधानीमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा पहिलो पटक सार्वजनिक रूपमा देखिएका उनले सरकार र गृहमन्त्रीको हालैको अभिव्यक्तिमाथि तीव्र प्रहार गरे।

पासपोर्ट रोक्ने चर्चा अस्वीकार्य : ओली

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले “नेताहरूको पासपोर्ट रोक्का गर्ने विषयमा संयन्त्रले अनुसन्धान गरिरहेको” अभिव्यक्ति दिएका थिए। सोही प्रसंगलाई सम्बोधन गर्दै ओलीले भने–

“अहिले सरकारले पासपोर्ट रोक्ने हल्ला सुन्दै छु। के ठानेको छ, यो हाहुको सरकारलाई देश जिम्मा लगाइदिएर हामी विदेश भाग्छौं ? हामी यो देश बनाउन बसेका हौं, भाग्न होइन।”

उनले आफू र आफ्नो पार्टी कुनै षड्यन्त्रमा नरहेको र सबै पारदर्शी ढंगले अघि बढ्ने स्पष्ट गरे। “फेरि पनि हामी संवैधानिक लोकतान्त्रिक मूलधारमा ल्याउँछौं, शान्ति–सुव्यवस्था कायम गर्छौं,” उनले भने।

“जनअभिमतविहीन सरकार” को आरोप

ओलीले वर्तमान सरकार जनअभिमतबाट नभई “तोडफोड र आगजनी” बाट बनेको आरोप लगाए।

उनले भने– “अहिलेको सरकार जनअभिमतबाट बनेको होइन। मैले सरकारमा हुँदा दिएका निर्देशन रेकर्डमा छन्। बाहिर ल्याओस्। मलाई भ्रष्टाचारको आरोप लगाउने हो भने प्रमाणसहित ल्याओस्।”

आन्दोलनको शैलीमाथि आपत्ति

उनी आन्दोलनका नाममा उद्योगी तथा नागरिकका घरमा तोडफोड र आगजनी गर्नु दुर्भाग्य भएको बताउँदै भने–

“हरेक घरमा जेन्जी हुनुहुन्छ, तर केहि जेन्जीलाई गलत प्रयोग गरियो।”

: भाग्दैनौं, लड्छौं

ओलीको सम्बोधनले स्पष्ट सन्देश दिएको छ कि पासपोर्ट रोक्ने चर्चा, अनुसन्धान वा हल्लाले एमाले नेतृत्वलाई विचलित बनाउन सक्दैन। उनले फेरि पनि देश निर्माण र लोकतान्त्रिक मूल्यमा आफूलाई समर्पित रहेको दोहोर्याए।


  • Jigyasanepal

थप