Breaking News
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||     आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||    

रवि लामिछानेलाई थुनामा पठाउने आदेशविरुद्ध रास्वपाको सर्वोच्चमा जाने तयारी

  •   १ वर्ष अघि | २३ चैत्र २०८१, शनिबार

काठमाडौँ, चैत २३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अध्यक्ष रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालत तुलसीपुर, बुटवल इजलासको फैसलालाई सर्वोच्च अदालतमा चुनौती दिने तयारी भएको छ। पार्टीका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले शनिबार चितवनको भरतपुरमा आयोजित जनयात्रा शुभारम्भ कार्यक्रममा बोल्दै सोमबार सर्वोच्चमा रिट दायर गर्ने जानकारी दिए।

उपाध्यक्ष वाग्लेले लामिछानेलाई गैरकानुनी र राजनीतिक प्रतिशोधका रूपमा हिरासतमा लिइएको भन्दै आपत्ति जनाए। “आज म मात्रै यहाँ छु, रविजी हुनु पर्ने ठाउँमा म छु। उहाँको ८४ दिन हिरासत बस्दाको अनुभव सुनाउने तयारी थियो, तर त्यो अवसर दिन नदिने चाल चलियो,” उनले भने। “अब हामी उहाँकै परामर्शमा सर्वोच्च जान लागेका छौं।”

उनले सांसद पद निलम्बनको विषयलाई पनि अन्तर्राष्ट्रिय निकायहरूसमक्ष लैजाने तयारी भइरहेको बताए। “उहाँको सांसद पद निलम्बन गरिएको छ, अहिलेको कारबाहीले संसदको नियमावलीमै असर पार्ने खतरा देखिएको छ,” वाग्लेले भने। “अब यो विषयलाई अन्तर्राष्ट्रियकरण गरेर अघि बढ्नेछौं।”

वाग्लेले हालको सरकारलाई असफल र अलोकतान्त्रिक भन्दै वैकल्पिक बाटो खोज्न रास्वपा तयार रहेको सन्देश पनि दिए।

शुक्रबार उच्च अदालत बुटवलको संयुक्त इजलास—न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुली—ले जिल्ला अदालतको आदेश उल्ट्याउँदै लामिछानेलाई थुनामा पठाउने आदेश दिएको थियो। सो आदेशपछि उनलाई प्रहरीद्वारा निवासबाट नियन्त्रणमा लिइएको थियो।

लामिछानेमाथि बुटवलस्थित सुप्रिम सहकारीसम्बन्धी ठगी र संगठित अपराधको मुद्दा चलाइएको छ।


  • Jigyasa media

थप