Breaking News
वर्षाले त्रिवि क्रिकेट मैदान जलमग्न, एनपीएलको पहिलो खेल रद्द    ||     अर्नबको प्रभाव कमजोर हुँदै, अझै केही प्रदेशमा भारी वर्षा; दिउँसोपछि मौसममा सुधारको संकेत    ||     कृषिमा युवा आकर्षण बढ्दै: नेपालगञ्जमा तीन युवाले थाले व्यावसायिक सयपत्री फूल खेती    ||     भूपिन र जुनु रानाको निबन्धकृतिलाई ‘विमल गुरुङ कृति पुरस्कार    ||     चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||    

एमाले ११औँ महाधिवेशन : ११ केन्द्रीय सदस्यसहित अनुशासन र लेखा आयोगका ६ पदाधिकारी निर्विरोध

  •   ११ महिना अघि | १ पुस २०८२, मङ्लबार

काठमाडौं।

नेकपा (एमाले) को ११औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भएको उम्मेदवारी दर्तामा ११ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन्। साथै अनुशासन आयोग र लेखा आयोगका गरी ६ जना पदाधिकारी पनि निर्विरोध चयन भएका छन्।

एमाले महाधिवेशन निर्वाचन समितिका अनुसार केन्द्रीय सदस्य पदमा एकल उम्मेदवारी परेपछि ती ११ जना निर्विरोध निर्वाचित भएका हुन्।

लुम्बिनी प्रदेशबाट तीन महिला निर्विरोध

एमाले विधानअनुसार प्रत्येक प्रदेशबाट तीन जना महिला केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था छ। सोहीअनुसार लुम्बिनी प्रदेश महिलातर्फ गुमादेवी आचार्य, मेनकाकुमारी पोखरेल र शान्तीदेवी ढकाल मात्रै उम्मेदवार परेपछि उनीहरू निर्विरोध निर्वाचित भएका छन्।

मधेशी युवा, समावेशी र श्रमिक महिलाबाट पनि निर्विरोध

मधेशी क्लस्टर युवातर्फ अमरकुमार यादव निर्विरोध निर्वाचित भएका छन्। मधेशी युवातर्फ दुई जना निर्वाचित हुने प्रावधान भए पनि एक जनाको मात्रै उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ।

समावेशी मुस्लिम महिलातर्फ खाजिदा खातुन सिद्धकी, समावेशी श्रमिक महिलातर्फ कमलादेवी श्रेष्ठ र सिता लामा निर्विरोध निर्वाचित भएका छन्।

पिछडिएको क्षेत्र, प्रवास र युवाबाट पनि चयन

पिछडिएको क्षेत्र महिलातर्फ वदमीक्वारी बुढा, प्रवास दक्षिण एशियातर्फ हरिप्रसाद घिमिरे, ४० वर्षमुनिका केन्द्रीय सदस्य युवातर्फ नरेश रोकाया र सुशिलकुमार थापा निर्विरोध निर्वाचित भएका छन्।

अनुशासन र लेखा आयोग पनि सर्वसम्मत

एमाले अनुशासन आयोगको अध्यक्षमा प्राडा भरतराज पहारी, उपाध्यक्षमा चक्रबहादुर पराजुली र सचिवमा डा. राजेन्द्र घिमिरे निर्विरोध निर्वाचित भएका छन्।

त्यस्तै लेखा आयोगको अध्यक्षमा डा. पुष्पराज कँडेल, उपाध्यक्षमा धनेन्द्रराज घिमिरे र सचिवमा ईश्वरीप्रसाद खरेल पनि निर्विरोध चयन भएका निर्वाचन समितिले जनाएको छ।

एमाले महाधिवेशनमा विभिन्न क्लस्टर, प्रदेश र समावेशी संरचनाबाट नेतृत्व चयन हुँदै जाँदा पार्टीको संगठनात्मक सन्तुलन र समावेशितालाई निरन्तरता दिएको विश्लेषण गरिएको छ।

  • Jigyasanepal

थप