Breaking News
वर्षाले त्रिवि क्रिकेट मैदान जलमग्न, एनपीएलको पहिलो खेल रद्द    ||     अर्नबको प्रभाव कमजोर हुँदै, अझै केही प्रदेशमा भारी वर्षा; दिउँसोपछि मौसममा सुधारको संकेत    ||     कृषिमा युवा आकर्षण बढ्दै: नेपालगञ्जमा तीन युवाले थाले व्यावसायिक सयपत्री फूल खेती    ||     भूपिन र जुनु रानाको निबन्धकृतिलाई ‘विमल गुरुङ कृति पुरस्कार    ||     चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||    

काभ्रेको राष्ट्रिय युवा संघ जिल्ला अधिवेशन स्थगित

  •   १ वर्ष अघि | २५ साउन २०८२, आइतवार

काभ्रे ।

राष्ट्रिय युवा संघ नेपाल, काभ्रे जिल्ला कमिटीले आज (साउन २५ गते) आयोजना गर्न लागिएको ११औं जिल्ला अधिवेशन स्थगित भएको घोषणा गरेको छ।

बागमती प्रदेश कमिटीका अध्यक्ष हरिशरण जमकटेलद्वारा साउन २४ गते जारी निर्देशनमा विभिन्न स्थानीय तहका पालिकाले अधिवेशनमा सहभागी नहुने भनी विज्ञप्ति निकालेपछि परिस्थिति मूल्यांकन गर्दै कार्यक्रम रोकिएको उल्लेख गरिएको छ।

अध्यक्ष जमकटेलले अर्को सूचना जारी नभएसम्मका लागि अधिवेशन स्थगित गरिएको स्पष्ट पारेका छन्। उनले सम्पूर्ण सदस्य र संरचनालाई निर्णयप्रति ऐक्यबद्ध रहन आग्रह गर्दै हार्दिक अभिवादन व्यक्त गरेका छन्।

११औं जिल्ला अधिवेशनका तयारी अन्तिम चरणमा पुगेका बेला आएको यो निर्णयले सहभागी कार्यकर्तामाझ आश्चर्य र निराशा दुवै उत्पन्न गरेको देखिन्छ। अब अधिवेशन कहिले र कसरी सञ्चालन हुने भन्ने विषयमा आगामी दिनमा आधिकारिक जानकारी आउने संघको भनाइ छ।

  • Jigyasanepal

थप