Breaking News
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||     आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||    

काभ्रेको राष्ट्रिय युवा संघ जिल्ला अधिवेशन स्थगित

  •   १ वर्ष अघि | २५ साउन २०८२, आइतवार

काभ्रे

राष्ट्रिय युवा संघ नेपाल, काभ्रे जिल्ला कमिटीले आज (साउन २५ गते) आयोजना गर्न लागिएको ११औं जिल्ला अधिवेशन स्थगित भएको घोषणा गरेको छ।

बागमती प्रदेश कमिटीका अध्यक्ष हरिशरण जमकटेलद्वारा साउन २४ गते जारी निर्देशनमा विभिन्न स्थानीय तहका पालिकाले अधिवेशनमा सहभागी नहुने भनी विज्ञप्ति निकालेपछि परिस्थिति मूल्यांकन गर्दै कार्यक्रम रोकिएको उल्लेख गरिएको छ।

अध्यक्ष जमकटेलले अर्को सूचना जारी नभएसम्मका लागि अधिवेशन स्थगित गरिएको स्पष्ट पारेका छन्। उनले सम्पूर्ण सदस्य र संरचनालाई निर्णयप्रति ऐक्यबद्ध रहन आग्रह गर्दै हार्दिक अभिवादन व्यक्त गरेका छन्।

११औं जिल्ला अधिवेशनका तयारी अन्तिम चरणमा पुगेका बेला आएको यो निर्णयले सहभागी कार्यकर्तामाझ आश्चर्य र निराशा दुवै उत्पन्न गरेको देखिन्छ। अब अधिवेशन कहिले र कसरी सञ्चालन हुने भन्ने विषयमा आगामी दिनमा आधिकारिक जानकारी आउने संघको भनाइ छ।

  • Jigyasanepal

थप