Breaking News
वर्षाले त्रिवि क्रिकेट मैदान जलमग्न, एनपीएलको पहिलो खेल रद्द    ||     अर्नबको प्रभाव कमजोर हुँदै, अझै केही प्रदेशमा भारी वर्षा; दिउँसोपछि मौसममा सुधारको संकेत    ||     कृषिमा युवा आकर्षण बढ्दै: नेपालगञ्जमा तीन युवाले थाले व्यावसायिक सयपत्री फूल खेती    ||     भूपिन र जुनु रानाको निबन्धकृतिलाई ‘विमल गुरुङ कृति पुरस्कार    ||     चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||    

उजुरी छानबिनपछि आज उम्मेदवारको नामावली सार्वजनिक हुँदै

  •   ९ महिना अघि | ८ माघ २०८२, बिहिबार

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारको नामावली आज सार्वजनिक गरिने भएको छ। निर्वाचन आयोगका अनुसार उम्मेदवारी पत्र र उम्मेदवारविरुद्ध दर्ता भएका उजुरीमाथि जाँचबुझ गरी आवश्यक निर्णयपछि आज साँझ ५ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिनेछ।

आयोगले यसअघि माघ ७ गते बुधबार उम्मेदवारविरुद्ध उजुरी दर्ता गर्न समय दिएको थियो। दर्ता भएका उजुरीको छानबिन सम्पन्न गरी योग्य ठहरिएका उम्मेदवारको सूची सार्वजनिक गर्न लागिएको हो।

निर्वाचन तालिकाअनुसार माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले आफ्नो नाम फिर्ता लिन सक्नेछन्। त्यसै दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरिने छ भने अपराह्न ४ बजेदेखि साँझ ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ।

आयोगका अनुसार आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन सबै प्रक्रिया समयमै र कानुनअनुसार अघि बढाइँदै आएको आयोगको भनाइ छ।

उम्मेदवारी दर्ताका क्रममा देशभरका निर्वाचन कार्यालयमा उल्लेख्य चहलपहल देखिएको थियो। 

निर्वाचन प्रक्रिया निर्णायक चरणमा प्रवेश गरेसँगै राजनीतिक दल र उम्मेदवारहरूको गतिविधि तीव्र बन्दै गएको छ।

  • Jigyasanepal

थप