Breaking News
वर्षाले त्रिवि क्रिकेट मैदान जलमग्न, एनपीएलको पहिलो खेल रद्द    ||     अर्नबको प्रभाव कमजोर हुँदै, अझै केही प्रदेशमा भारी वर्षा; दिउँसोपछि मौसममा सुधारको संकेत    ||     कृषिमा युवा आकर्षण बढ्दै: नेपालगञ्जमा तीन युवाले थाले व्यावसायिक सयपत्री फूल खेती    ||     भूपिन र जुनु रानाको निबन्धकृतिलाई ‘विमल गुरुङ कृति पुरस्कार    ||     चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||    

चार दिनको चोला यो

  •   २ वर्ष अघि | ११ भदौ २०८१, मङ्लबार


✍🏼– लक्ष्मी प्रसाद देवकोटा 


चार दिनको चोला यो भन्नु शम्भू भोला

घामछायाँको खेल यो विचार गर्नु होला भाइ


आँसु-हाँसोले बनेको हाम्रो नर चोला

पाप-मयल आँसुले धोइदिनु होला भाइ


छातीमाथि हात दिई सत्य बोल्नु होला

सत्य पिछा जिन्दगी यो अर्पण गर्नु होला भाइ


कोही छैन आफ्नो भन्नु गर्व छाड्नु होला

बिझ्ने घोच्ने भन्नु छैन दिल अरूको रोला भाइ


धन-जन-रूपको मोल छैन तोला

एकमुठीको सास यो चट्ट उडी जाला भाइ ॥

  • Jigyasa media

थप