Breaking News
हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||     आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज ३५ जिल्लामा आकस्मिक बाढीको जोखिम, ठूला नदीमा पनि बहाव बढ्ने    ||     छ प्रदेशका केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||    

म तिमीलाई फेरि भेट्नेछु ..!

  •   २ वर्ष अघि | १६ मंसिर २०८१, आइतवार

✍🏼अमृता प्रीतम

म तिमीलाई फेरि भेट्नेछु

कहाँ ? कसरी ? त्यो त थाहा छैन


म तिमीलाई फेरि भेट्नेछु

कहाँ ? कसरी ? त्यो त थाहाछैन

सायद तिम्रो कल्पनाको झिल्का बनेर

तिम्रो क्यानभासमा उत्रिनेछु

वा सायद तिम्रो क्यानभासमाथि

एउटा रहस्यमयी रेखा बनेर

चुपचाप तिमीलाई हेरिरहनेछु


वा सायद सूर्यको किरण बनेर

तिम्रो रङ्गमा घोलिनेछु

वा रङ्गको अँगालोमा बसेर

तिम्रो क्यानभासमा उत्रिनेछु

थाहाछैन कहाँ-कसरी ?

तर तिमीलाई पक्कै भेट्नेछु


वा सायद एउटा झर्ना बनेको हुनेछु

र जसरी झर्नाको पानी उड्दछ

म पानीको थोपा

तिम्रो शरीरमा मिसिनेछु

र एउटा चिस्याहट जस्तै बनेर

तिम्रो छातीमा टाँसिनेछु ?


म अरु केही जान्दिन

तर यति चैँ पक्का जान्दछु

समयले जेसुकै गर्नेछ

यो जन्म त मेरै साथ चल्नेछ?


यो शरीर रहँदा

सबै कुरा समाप्त हुनेछन्

तर चेतनाको धागो

ब्रम्हाण्डीय कणबाट बनेको हुन्छ

म तिनै कणहरूलाई रोज्नेछु

धागोलाई बेर्नेछु

र फेरि भेट्नेछु तिमीलाई ?


  • Jigyasa media

थप