Breaking News
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||     आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||    

बुझियाे ..!

कविता

  •   २ वर्ष अघि | १० मंसिर २०८१, सोमवार

 कविता

✍🏼अदिप अधिकारी 

भाेलि कमाउन सकेन भने 
जाडाेसँग पाैठाजाेरी खेल्नपर्ला भनेर  
-ज्याकेट नदिनु 

आफ्नै आँखाले संसार देख्न नपाउला भन्ने डरले
- माेबाइल नकिन्दिनु 

 चिल्लाे, गुलियाे, मसला 
धनीले मात्र खाने कुरा हाे भन्ने- पुराण सुनाउनु 
"यसकाे त वास्ना मात्र लिने हाे, खाने हैन " भन्दै
पसलमा मसला उचाल्दै राख्दै गर्नु भनेको
 - मुटु, कलेजाे जाेगाउनु रहेछ 

अनिकाल र आमासयकाे उपचार रहेछ 
जबर्जस्ती बस्न लगाएका व्रतहरू

बा`ले आफूले गरिबकाे संज्ञा लिएर
मलाई खूब प्रेम दिएका रहेछन् ।

कवि अधिकारी भुम्लु १ सापिङ्ग रिठ्ठे , काभ्रेपलान्चोक निवासी हुन ।
  • Jigyasa media

थप