मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज सामाजिक कार्यमा सक्रियता बढ्नेछ। सानो लगानीबाट लाभ मिल्ने योग छ। पारिवारिक साथले मानसिक सन्तुलन कायम रहनेछ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
पुराना योजना कार्यान्वयन हुने दिन हो। तर खर्चमा नियन्त्रण आवश्यक छ। सवारीसाधनमा सावधानी अपनाउनुहोस्।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
पठनपाठन र सृजनात्मक कार्यमा सफलता मिल्नेछ। प्रेम प्रस्ताव स्वीकार हुन सक्छ। आर्थिक पक्ष सन्तोषजनक रहला।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
घरपरिवारमा खुसीको वातावरण छाउनेछ। तर, मानसिक दबाबबाट बच्न ध्यान दिनुहोस्। पार्टनरसँग सुमधुर सम्बन्ध बनाउने मौका छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सञ्चार माध्यम वा प्रस्तुति सम्बन्धी कार्यमा सफलता मिल्ने दिन हो। तर अनावश्यक बोलावटले समस्या निम्त्याउन सक्छ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आर्थिक लाभका लागि राम्रो समय छ। तर बौद्धिक घमण्डले सम्बन्ध बिगार्न सक्छ। साझेदारीमा सतर्कता अपनाउनुहोला।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
सक्रियता बढ्नेछ। अधुरा कामहरू सम्पन्न हुनेछन्। नयाँ योजना बनाउने दिन हो। प्रेमीप्रेमिकाबीच दूरी आउन सक्छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
स्वास्थ्यमा सामान्य कमजोरी आउन सक्छ। लुकाइएको कुरा बाहिर आउनसक्छ, सजग रहनुहोस्। आत्मविश्वास भने उच्च रहनेछ।
धनु (ये, यो, भा, भि, भु, ध, फा, ढ, भे)
सहयोगीहरूबाट लाभ पाइने दिन हो। नयाँ साथी भेटिनेछ। प्रेम सम्बन्धमा नयापन आउनसक्छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
धेरै मेहनतले मात्र सफलता मिल्नेछ। तर पारिवारिक समर्थन बलियो रहन सक्छ। स्वास्थ्यमा ध्यान दिनुहोस्।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
साँस्कृतिक वा धार्मिक कार्यमा सक्रियता बढ्नेछ। टाढाबाट शुभ समाचार प्राप्त हुन सक्छ। नयाँ कार्यको योजना बन्न सक्छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
बाधा अड्चन हटेर कार्य सफलता मिल्नेछ। यात्राबाट लाभ मिल्नेछ। प्रेममा सुमधुर सम्बन्ध बन्नेछ।
-
Jigyasanepal