Breaking News
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा, दिउँसोपछि थप सक्रिय हुने सम्भावना    ||     तारा सुवेदीको ‘अनभूतिका महक’ लोकार्पित    ||     तराईनजिक आयो मनसुनको रेखा, आज यी प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना    ||     विलाप    ||     आज काठमाडौं उपत्यकामा वर्षाको राम्रो सम्भावना, अपराह्नपछि मध्यम वर्षा हुन सक्ने    ||     ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||    

तपाईँको आजको दिन यस्तो रहनेछ हेर्नुहोस् राशिफल (राशिफल: २०८१ भदौ २५, मंगलबार)

  •   २ वर्ष अघि | २४ भदौ २०८१, सोमवार

मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)  

सफलताले उत्साह दिनेछ। अध्ययनमा राम्रो परिणाम आउने छ। व्यवसायमा सुधार हुने देखिन्छ। परिवारमा सुख र समृद्धि प्राप्त हुनेछ। यात्रा गर्नु परे सफलता मिल्ने छ।  

वृष (इ, उ, ए, ओ, वा, वि, वू, वे, वो)  

पारिवारिक सहयोगले उन्नति गर्ने अवसर पाइनेछ। विचार र योजना प्रस्तुत गर्दा राम्रो प्रतिफल मिल्नेछ। व्यापारमा फाइदाजनक अवसर आउन सक्छ। 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)  

धेरै मेहनत र प्रयत्नका बाबजुद परिणाम मध्यम हुनेछ। स्वास्थ्यमा अलि समस्या देखिन सक्छ, तर निरन्तर प्रयासले काममा सफलता मिल्ने छ। मनोबल उच्च राख्नुहोस्। 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)  

प्रेम र मित्रतामा प्रगति हुनेछ। व्यवसायमा सुधार हुनेछ, तर खर्च बढ्न सक्छ। मनोबल उच्च राख्नाले नयाँ अवसरहरू आउने सम्भावना छ। यात्रा गर्नु लाभदायक रहनेछ।

सिंह (मा, मि, मू, मे, मो, टा, टि, टु, टे)  

सञ्चालन गरिरहेका कामहरूमा सफलता मिल्नेछ। घरपरिवार र नजिकका मानिसबाट सहयोग प्राप्त हुनेछ। आर्थिक पक्ष सबल बन्नेछ, तर नयाँ कामको थालनी नगर्नु राम्रो।

कन्या (टो, प, पि, पू, ष, ण, ठ, पे, पो)  

कुनै महत्त्वपूर्ण निर्णय लिँदा सोचविचार गर्नुहोला। परिश्रमले काममा सफलता दिलाउनेछ। वित्तीय मामिलामा सजग रहनुपर्नेछ। कार्यक्षेत्रमा नयाँ अवसरहरू आउन सक्छन्। 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)  

शिक्षामा प्रगति हुनेछ। योजना पूरा गर्ने अवसर आउनेछ। परिवारमा मेलमिलाप कायम हुनेछ। आत्मविश्वासले नयाँ कामको थालनी गर्न प्रेरणा दिनेछ। 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)  

व्यापारिक क्षेत्रमा नयाँ साझेदारीको सम्भावना छ। स्वास्थ्यलाई ध्यान दिनुपर्नेछ। घरपरिवारमा सल्लाह र सहयोगको आवश्यकता पर्न सक्छ। सोचविचार गरेर निर्णय लिनु उचित हुनेछ। 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)  

आर्थिक पक्ष सुदृढ हुनेछ। नजिकको साथी वा प्रेमसँग समय बिताउन पाउँदा मन हलुका हुनेछ। नयाँ अवसरहरूको खोजीमा रहनुहोला, अवसर हात पर्नेछ। 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)  

काममा सफलता हात लाग्नेछ, तर आर्थिक पक्षमा थोरै समस्याहरू आउन सक्छन्। मेहनत र लगनशीलताले समस्या समाधान हुनेछ। पारिवारिक जीवनमा शान्ति रहला। 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)  

मित्रहरूबाट सहयोग पाइनेछ। कामको प्रशंसा हुनेछ र जिम्मेवारी बढ्ने सम्भावना छ। नयाँ अवसरहरूको लागि तयार रहनुहोला। स्वास्थ्यमा भने ध्यान दिनु पर्ने समय छ। 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)  

परिवारमा सुख शान्ति रहनेछ। सानातिना समस्याहरू आए पनि आत्मबलले सफलता पाउनु हुनेछ। व्यापारमा सन्तोषजनक प्रगति हुनेछ, तर खर्चमा नियन्त्रण राख्नु उपयुक्त हुनेछ।

  • Jigyasa media

थप