मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज मनमा उमंग र उत्साह बढ्नेछ। सामाजिक कार्यमा सहभागिता जनाउने अवसर मिल्नेछ। तर, खर्चमा नियन्त्रण राख्न जरुरी छ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
धनसञ्चयका लागि प्रयास सफल हुने संकेत छ। व्यवसायिक योजनामा सफलता मिल्नेछ। परिवारजनको साथले आत्मबल बढ्नेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
महत्वपूर्ण निर्णयमा ढिलाइ नगर्नुहोला। साथीभाइको साथले रोकिएका काम अघि बढ्नेछन्। स्वास्थ्यप्रति सजग रहनु उपयुक्त हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
भावनामा बगेर निर्णय लिनु आज ठीक हुनेछैन। फजुल खर्चले तनाव ल्याउन सक्छ। सन्तानको सुखद खबर सुन्न पाइने सम्भावना छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज मनोकांक्षा पूरा हुने समय हो। आत्मबल र वाणीमा प्रभुत्व रहनेछ। सार्वजनिक स्थानमा सम्मान प्राप्त हुने सम्भावना छ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
पुराना मुद्दा वा समस्या सुल्झन सक्छ। ज्ञान र विवेकको प्रयोगले लाभ हुनेछ। यात्रामा सर्तकता अपनाउनुहोला।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
अरुको भरमा निर्णय लिनु भन्दा आफ्नै आँकलन प्रयोग गर्नुहोस्। व्यवसायमा लाभ भए पनि मन खिन्न रहन सक्छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
साझेदारीमा गरिने कार्यमा सफलता मिल्नेछ। प्रेम र सम्बन्ध प्रगाढ बन्नेछ। पारिवारिक वातावरण रमाइलो रहनेछ।
धनु (ये, यो, भा, भि, भू, ध, फा, ढ, भे)
कामको प्रशंसा पाइनेछ। नेतृत्वदायी भूमिका निर्वाह गर्ने अवसर आउन सक्छ। आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन्।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
पठनपाठन तथा सृजनात्मक कार्यमा प्रगति हुनेछ। शुभ समाचार प्राप्त हुने सम्भावना छ। स्वास्थ्यमा ध्यान दिनुहोला।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
दिन रमाइलो र फलदायी रहन सक्छ। आर्थिक पक्ष सुदृढ बन्नेछ। तर, गोप्य कुराहरुमा अत्यधिक भरोसा नगर्नुहोस्।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
मानसिक तनाव घट्दै जानेछ। पारिवारिक सहयोग पाइनेछ। पुराना सम्पर्कहरूले लाभ दिलाउन सक्छन्।
-
Jigyasanepal