Breaking News
विलाप    ||     आज काठमाडौं उपत्यकामा वर्षाको राम्रो सम्भावना, अपराह्नपछि मध्यम वर्षा हुन सक्ने    ||     ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||    

माघ ६, २०८१, आइतबारको राशिफल

  •   २ वर्ष अघि | ६ माघ २०८१, आइतवार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज खर्च बढ्नेछ, तर आवश्यक वस्तु खरिदमा लगानी हुने सम्भावना छ। कुनै निर्णय गर्दा समयलाई प्राथमिकता दिनुहोला। नयाँ अवसर प्राप्त हुने समय हो।


वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

साथीभाइको सहयोगले कार्यमा प्रगति हुनेछ। पारिवारिक सुख शान्ति मिल्नेछ। वित्तीय स्थिति सुधार हुने सम्भावना छ।


मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

अधिकारका लागि संघर्ष गर्नुपर्ने समय छ। आत्मविश्वासका साथ अगाडि बढ्न सके सफलता हात पर्नेछ। नयाँ योजनाहरूले आकार लिन सक्छ।


कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

सहकार्यको माध्यमबाट लाभ हुनेछ। धार्मिक कार्यमा रुचि बढ्नेछ। साथीभाइसँग भेटघाट हुनेछ। स्वास्थ्यमा ध्यान दिनुहोला।


सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

श्रम अनुसारको प्रतिफल प्राप्त हुनेछ। मनमा उत्साह बढ्नेछ। यात्रामा सावधानी अपनाउनुहोला।


कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

आजको दिन पारिवारिक जीवनका लागि लाभदायक हुनेछ। अध्ययनमा प्रगति हुनेछ। स्वास्थ्यका मामिलामा सजग रहनुहोस्।


तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

सामाजिक काममा सक्रियता बढ्नेछ। आत्मबल बढ्ने समय छ। साना समस्याहरूले पिरोल्न सक्छन्।


वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

व्यवसायमा प्रगति हुनेछ। सकारात्मक समाचार सुन्न पाइनेछ। आर्थिक लाभको योग छ।


धनु (ये, यो, भा, भि, भु, ध, फा, ढ, भे)

सामाजिक र आर्थिक दुवै क्षेत्रमा लाभ मिल्नेछ। स्वास्थ्य राम्रो रहनेछ। पारिवारिक सौहार्द बढ्नेछ।


मकर (भो,जा,जि,जु,खे,खो,गा,गि)

साझेदारीमा सावधानी अपनाउनुहोस्। मानसिक तनाब कम हुनेछ। विश्वासिला मित्रको साथले मार्गदर्शन हुनेछ।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

नयाँ कामको सुरुवात हुने योग छ। प्रेमसम्बन्धमा प्रगति हुनेछ। धनप्राप्तिको सम्भावना छ।


मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

विद्यार्थीका लागि समय सकारात्मक छ। वैदेशिक कामना पूरा हुने समय हो। सन्तान पक्षबाट शुभ समाचार प्राप्त हुनेछ।



  • Jigyasa media

थप