मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आत्मबल र सोचमा दृढता आउनेछ। घरपरिवारमा सहमति मिल्नेछ। नयाँ योजना बनाउने समय उपयुक्त छ। शुभ रंग: रातो | शुभ अंक: ५
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) साझेदारीमा लचिलो व्यवहार अपनाउनु पर्ने दिन हो। आर्थिक कारोबारमा सावधानी अपनाउनु राम्रो हुन्छ। शुभ रंग: सेतो | शुभ अंक: २
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) कार्य क्षेत्रमा नयाँ अवसरको संकेत देखिन्छ। लामो समयदेखि रोकिएको काम अगाडि बढ्नेछ। शुभ रंग: हरियो | शुभ अंक: ३
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मानसिक चञ्चलता र भावनात्मक निर्णयले असर पुर्याउन सक्छ। खर्चमा नियन्त्रण गर्नु आवश्यक छ। शुभ रंग: क्रीम | शुभ अंक: ७
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) प्रतिस्पर्धामा सफलता मिल्नेछ। पारिवारिक सल्लाह र समर्थनले आत्मविश्वास बढ्नेछ। शुभ रंग: सुन्तला | शुभ अंक: १
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कामको चाप बढ्न सक्छ, तर लगनशीलता बढ्नेछ। स्वास्थ्यप्रति सजग रहनु राम्रो हुन्छ। शुभ रंग: नीलो | शुभ अंक: ४
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आजको दिन प्रेम र सम्बन्ध सुधारका लागि राम्रो रहन सक्छ। साहित्य, कला वा संगीतप्रति रुचि बढ्नेछ। शुभ रंग: गुलाबी | शुभ अंक: ६
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आत्मविश्लेषण र पुराना गल्ती सुधार्ने समय आएको छ। आर्थिक पक्ष केही कमजोर देखिन्छ। शुभ रंग: खैरो | शुभ अंक: ८
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)दूरगामी योजना बनाउन सकिने समय छ। साथीभाइसँगको सहयोगले काम सजिलो बनाउनेछ। शुभ रंग: पहेंलो | शुभ अंक: ९
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)कार्य क्षेत्रको जिम्मेवारी पूरा गर्ने दिन हो। परिवारमा सुखद खबर आउन सक्छ। शुभ रंग: खरानी | शुभ अंक: ३
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) सार्वजनिक काममा सहभागी हुने अवसर मिल्नेछ। सामाजिक सम्मान प्राप्त हुने योग छ। शुभ रंग: निलो | शुभ अंक: ७
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज मन रमाउनेछ। धार्मिक वा परोपकारी काममा सहभागी भइनेछ। यात्रामा लाभ मिल्नेछ। शुभ रंग: बैजनी | शुभ अंक: ६
-
Jigyasanepal