मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आजको दिन आत्मविश्वासले भरिपूर्ण रहनुहुनेछ। रोकिएका कामहरू अघि बढ्नेछन्। तर पारिवारिक जिम्मेवारीमा केही भूमिका महत्वपुर्ण रहने छ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) धन लाभको सम्भावना छ। व्यापार व्यवसायमा सफलता मिल्नेछ। शुभ समाचार सुन्न पाइने सम्भावना रहेको छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) मनमा द्विविधा र असमञ्जसता रहन सक्छ। नयाँ योजना बनाउने सोचमा हुनुहुन्छ भने अनुभवीको सल्लाह लिएर मात्र अघि बढ्नुहोस्।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) पारिवारिक मेलमिलाप र सन्तुष्टि मिल्नेछ। अचल सम्पत्तिमा लाभ मिल्न सक्छ। यात्राबाट लाभ हुने सम्भावना छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आफ्नो विचार र योजना स्पष्ट रूपमा प्रस्तुत गर्नुहोस्। अरूको प्रभावमा परेर निर्णय नगर्नुहोस्। साहित्यिक वा सिर्जनात्मक क्षेत्रमा सफलता मिल्नेछ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) व्यावसायिक क्षेत्रमा सुधार आउनेछ। आत्मबल उच्च रहनेछ। प्रेम सम्बन्धमा केही तनाव आउन सक्छ, सम्हालेर अघि बढ्नुहोला।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आर्थिक पक्ष बलियो बन्नेछ। मित्र तथा आफन्तको सहयोग प्राप्त हुनेछ। घरमा सानोतिनो उत्सव हुन सक्छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज निर्णय गर्नुभन्दा अगाडि सोच विचार गर्नु राम्रो हुन्छ। सरकारी वा कानुनी काममा सफलता मिल्न सक्छ।
धनु (ये, यो, भा, भि, भु, ध, फा, ढ, भे) नयाँ योजना प्रारम्भ गर्न उपयुक्त समय छ। बौद्धिक कार्यमा प्रशंसा प्राप्त हुनेछ। दाम्पत्य जीवनमा मिठास आउनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)आज मनमा केही निराशा आउन सक्छ, तर संयमता अपनाउन सके सफलता अवश्य मिल्नेछ। पेट सम्बन्धी समस्या देखिन सक्छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) साझेदारी वा सहकार्यमा नयाँ अवसर पाइनेछ। सामाजिक प्रतिष्ठा बढ्नेछ। प्रेम सम्बन्ध प्रगाढ बन्नेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)शिक्षा र प्रतियोगितामा सफलता मिल्नेछ। पारिवारिक सुख शान्ति बढ्नेछ। यात्रामा लाभ होला।
-
Jigyasanepal