Breaking News
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा, दिउँसोपछि थप सक्रिय हुने सम्भावना    ||     तारा सुवेदीको ‘अनभूतिका महक’ लोकार्पित    ||     तराईनजिक आयो मनसुनको रेखा, आज यी प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना    ||     विलाप    ||     आज काठमाडौं उपत्यकामा वर्षाको राम्रो सम्भावना, अपराह्नपछि मध्यम वर्षा हुन सक्ने    ||     ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||    

आज साउन महिनाको पहिलो सोमबार पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयहरूमा भक्तजनको भिड

  •   २ वर्ष अघि | ७ साउन २०८१, सोमवार

काठमाण्डौ । आज साउन महिनाको पहिलो सोमबार। पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयहरूमा पूजा अर्चनाका लागि बिहानैदेखि भक्तजनको भिड लागेको छ।


साउन महिनाको प्रत्येक सोमबार व्रत बस्ने र शिव मन्दिरहरूमा दूध र जल चढाई पूजा गर्ने गरिन्छ। यसरी पूजा गरेमा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहेको छ। साउनको सोमबारलाई अत्यन्त शुभ मानिन्छ। यस वर्षको साउन महिनामा चार सोमबार परेका छन्। हरेक सोमबारमा व्रत बसेर महिला र पुरुषहरूले शिवको भक्तिपूर्वक पूजा गर्छन्।


व्रतले हाम्रो जीवन, स्वास्थ्य, आध्यात्मिक उन्नति, मनको शान्तिलाई सकारात्मक प्रभाव पार्ने धर्मशास्त्रका जानकारहरू बताउँछन्। रातिदेखि नै झरी परिरहे पनि काठमाडौँको पशुपति, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, चितवनको देवघाट, खोटाङको हलेसीलगायतका स्थानमा हरियो, पहेँलो र रातो पहिरनमा सजिएका व्रतालुको घुइँचो देख्न सकिन्छ।

  • Jigyasa media

थप