मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँ अवसरहरूको संकेत छ। दाजुभाइ वा साथीको सहयोगले काम अघि बढ्नेछ। आर्थिक रूपमा सुधारको संकेत देखिन्छ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सावधानीपूर्वक योजना बनाउनु पर्ने दिन हो। खर्चमा नियन्त्रण राख्नुहोस्। परिवारसँग सानो मतभेदको सम्भावना छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) मन रमाइलो रहनेछ। मित्रजनको साथमा समय बित्नेछ। प्रेम सम्बन्धमा सुधार आउने सम्भावना छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)कार्यस्थलमा विवाद हुनसक्छ, शब्द प्रयोगमा होसियार रहनुहोस्। पारिवारिक तनावले मानसिक थकान दिन सक्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज विदेशसँग सम्बन्धित काममा सफलता मिल्नेछ। अध्ययन वा प्रतिस्पर्धात्मक परीक्षामा राम्रो फल पाइनेछ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)वित्तीय पक्ष सामान्य रहनेछ। अघिका अधुरा काम पूरा हुन सक्छन्। स्वास्थ्यमा सामान्य कमजोरीको अनुभव हुन सक्छ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)साझेदारी वा वैवाहिक सम्बन्धमा मधुरता आउन सक्छ। तर, अहङ्कारले सम्बन्धमा असर पार्न सक्छ — संयमता आवश्यक।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)आफ्नो योजना अनुसार कार्य अघि बढाउन सकिनेछ। काममा मन लाग्नेछ, सहयोगीहरूको साथ पाइनेछ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) मनोरञ्जन र कला सम्बन्धी कार्यमा सफलता मिल्नेछ। प्रेम प्रस्ताव स्वीकार हुनसक्छ। ध्यान केन्द्रित गर्दा प्रगति हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) घरपरिवारमा सुखद वातावरण बन्नेछ। भौतिक सुखमा वृद्धि हुनेछ। भूमि वा घरसम्बन्धी काममा सफलता मिल्न सक्छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)छोटो दूरीको यात्रा हुनेछ। साथीसँगको भेटघाट रमाइलो बन्नेछ। सञ्चार माध्यम वा लेखनमा सक्रिय हुनु लाभदायक हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)आर्थिक दृष्टिले राम्रो दिन हो। लगानीबाट फाइदा मिल्नेछ। आत्मबल उच्च रहनेछ, निर्णय क्षमतामा वृद्धि हुनेछ।
- T