Breaking News
ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||    

दैनिक राशिफल – वैशाख ८ गते, २०८२ साल, सोमबार

  •   १ वर्ष अघि | ८ बैशाख २०८२, सोमवार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज आत्मविश्वास बढ्नेछ। सामाजिक प्रतिष्ठा प्राप्त हुनेछ। अध्ययन, लेखन र बोलीको प्रभाव देखिने दिन छ। तर सवारी साधन प्रयोग गर्दा सतर्क रहनुहोला।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) अर्थिक पक्षमा सामान्य दबाव देखिए पनि काममा स्थिरता रहनेछ। पारिवारिक सहयोग मिल्नेछ। सञ्चारको माध्यमबाट लाभ हुने संकेत छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)सकारात्मक सोच राख्न सकिने दिन। नयाँ योजना बनाउने समय हो। आत्मबल बढ्नेछ। साझेदारीमा सफलता मिल्ने सम्भावना छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)मनमा द्विविधा रहनेछ। खर्च बढ्न सक्छ। पारिवारिक काममा व्यस्तता रहनेछ। संयमता अपनाउन सके सफलता मिल्नेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आजको दिन प्रेम र मित्रताको लागि अनुकूल देखिन्छ। सोचेको काममा सफलता मिल्नेछ। आत्मविश्वासमा वृद्धि हुनेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)पेशा र व्यवसायमा सुधारको संकेत छ। मान सम्मानमा वृद्धि हुनेछ। ठूलाबडाको सल्लाह उपयोगी बन्नेछ। तर स्वास्थ्यप्रति ध्यान दिनुहोला।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) यात्रा लाभदायक बन्नेछ। धार्मिक वा आध्यात्मिक गतिविधिमा रुचि बढ्नेछ। मानसिक शान्ति मिल्नेछ। पढाइ लेखाइमा प्रगति हुनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आर्थिक पक्षमा सामान्य चुनौती आउन सक्छ। पारिवारिक कुरामा अलमल देखिन सक्छ। महत्वपूर्ण निर्णय गर्दा सोचविचार गरेर मात्र गर्नुहोस्।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)साझेदारी र समन्वयको माध्यमबाट सफलता मिल्नेछ। वैवाहिक जीवनमा मिठास आउन सक्छ। समाजमा सम्मान प्राप्त हुनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)कामको चाप बढ्न सक्छ। स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ। आर्थिक लेनदेनमा ध्यान दिनुहोला। नियमित कार्यमा ध्यान पुर्‍याउनु शुभ हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)आज सृजनशीलतामा वृद्धि हुनेछ। प्रेम र सम्बन्धमा सुधार देखिन्छ। नयाँ योजना र प्रयासले सफलता दिनेछ। आत्मबल बलियो रहनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)घरपरिवारमा समन्वय आवश्यक देखिन्छ। पुराना समस्याहरूको समाधान हुने दिन हो। मातापिताबाट सल्लाह लिँदा फाइदा हुनेछ। खर्चमा नियन्त्रण गर्नु राम्रो।

  • R

थप