Breaking News
एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||     कोजाग्रत पूर्णिमामा महालक्ष्मीको पूजा, रातभर जाग्राम बस्ने परम्परा    ||    

दैनिक राशिफल – वैशाख ८ गते, २०८२ साल, सोमबार

  •   २ वर्ष अघि | ७ बैशाख २०८२, आइतवार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज आत्मविश्वास बढ्नेछ। सामाजिक प्रतिष्ठा प्राप्त हुनेछ। अध्ययन, लेखन र बोलीको प्रभाव देखिने दिन छ। तर सवारी साधन प्रयोग गर्दा सतर्क रहनुहोला।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) अर्थिक पक्षमा सामान्य दबाव देखिए पनि काममा स्थिरता रहनेछ। पारिवारिक सहयोग मिल्नेछ। सञ्चारको माध्यमबाट लाभ हुने संकेत छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)सकारात्मक सोच राख्न सकिने दिन। नयाँ योजना बनाउने समय हो। आत्मबल बढ्नेछ। साझेदारीमा सफलता मिल्ने सम्भावना छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)मनमा द्विविधा रहनेछ। खर्च बढ्न सक्छ। पारिवारिक काममा व्यस्तता रहनेछ। संयमता अपनाउन सके सफलता मिल्नेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आजको दिन प्रेम र मित्रताको लागि अनुकूल देखिन्छ। सोचेको काममा सफलता मिल्नेछ। आत्मविश्वासमा वृद्धि हुनेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)पेशा र व्यवसायमा सुधारको संकेत छ। मान सम्मानमा वृद्धि हुनेछ। ठूलाबडाको सल्लाह उपयोगी बन्नेछ। तर स्वास्थ्यप्रति ध्यान दिनुहोला।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) यात्रा लाभदायक बन्नेछ। धार्मिक वा आध्यात्मिक गतिविधिमा रुचि बढ्नेछ। मानसिक शान्ति मिल्नेछ। पढाइ लेखाइमा प्रगति हुनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आर्थिक पक्षमा सामान्य चुनौती आउन सक्छ। पारिवारिक कुरामा अलमल देखिन सक्छ। महत्वपूर्ण निर्णय गर्दा सोचविचार गरेर मात्र गर्नुहोस्।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)साझेदारी र समन्वयको माध्यमबाट सफलता मिल्नेछ। वैवाहिक जीवनमा मिठास आउन सक्छ। समाजमा सम्मान प्राप्त हुनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)कामको चाप बढ्न सक्छ। स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ। आर्थिक लेनदेनमा ध्यान दिनुहोला। नियमित कार्यमा ध्यान पुर्‍याउनु शुभ हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)आज सृजनशीलतामा वृद्धि हुनेछ। प्रेम र सम्बन्धमा सुधार देखिन्छ। नयाँ योजना र प्रयासले सफलता दिनेछ। आत्मबल बलियो रहनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)घरपरिवारमा समन्वय आवश्यक देखिन्छ। पुराना समस्याहरूको समाधान हुने दिन हो। मातापिताबाट सल्लाह लिँदा फाइदा हुनेछ। खर्चमा नियन्त्रण गर्नु राम्रो।

  • R

थप