मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)
आज तपाईंको आत्मबल र साहस बढ्न सक्छ। नयाँ अवसरहरूले उत्साह जगाउन सक्छ, तर व्यस्तता भने बढ्न सक्छ। पारिवारिक जीवनमा सुमधुरता कायम राख्नु होला।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आर्थिक क्षेत्रमा सुधार आउने संकेत छ। लगानीको वातावरण तयार हुनेछ। मान-प्रतिष्ठा बढ्न सक्छ, तर संयम रहनु राम्रो हुनेछ। स्वास्थ्यप्रति सजग रहनुहोला।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
रचनात्मक क्षेत्र वा कलाक्षेत्रमा रूचि बढ्ने छ। साथीभाइसँग रमाइलो समय बित्न सक्छ। सानोतिनो यात्राको सम्भावना छ। पठनपाठनमा मन जानेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अप्रत्याशित खर्च बढ्न सक्ने दिन छ। सामाजिक वा पारिवारिक उत्तरदायित्व बढ्ने छ। पुरानो स्वास्थ्य समस्यामा सुधार आउन सक्छ। संयमित रहनुहोला।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
तपाईंको आत्मबल र जोश बढ्नेछ। कुनै महत्वपूर्ण जिम्मेवारीको सामना गर्नु पर्ने दिन हो। यात्राको योजना बनेको छ भने ध्यान दिनुहोला। निर्णय क्षमता बढ्नेछ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आफ्ना काममा विशेष उपलब्धि मिल्न सक्छ। नजिकका व्यक्तिहरूसँग सम्बन्धमा सुधार आउन सक्छ। खर्च नियन्त्रण गर्न प्रयास गर्नुहोला। कार्यक्षेत्रमा नाम कमाउने अवसर मिल्नेछ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
शुभ समाचारले उत्साह बढाउन सक्छ। स्वास्थ्य सामान्य रहन सक्छ। पुरानो काम पुरा हुन सक्छ। परिवारको सहयोग पाउने सम्भावना छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कार्यस्थलमा सामान्य तनाव रहन सक्छ। अनावश्यक विवादमा नपर्नु होला। धैर्यताले स्थितिलाई सुधार्न मद्दत पुर्याउँछ। पुरानो समस्यामा सुधार आउनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सामाजिक र सार्वजनिक क्षेत्रमा मान-सम्मान पाउने दिन हो। अध्ययन र खोजमूलक काममा सफलता मिल्नेछ। प्रेमसम्बन्धमा प्रगाढता आउनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
बौद्धिक कार्यमा सफलता मिल्नेछ। मनोबल उच्च रहनाले कुनै विशेष निर्णयमा पुग्न मद्दत पुग्नेछ। यात्रा गर्न अनुकूल समय रहेको छ। पारिवारिक सुख बढ्नेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आज भाग्यले साथ दिनेछ। काममा सफल हुने दिन हो। स्वास्थ्यमा सुधार आउनेछ। आर्थिक पक्ष बलियो हुनेछ। विदेश यात्रा वा वैदेशिक काममा सफलता मिल्न सक्छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सामाजिक क्षेत्रमा नाम र प्रतिष्ठा बढ्नेछ। नयाँ काम र अवसरको सम्भावना छ। मित्र र परिवारसँग आत्मीयता बढ्नेछ। आर्थिक लाभको संभावना पनि देखिन्छ।
शुभ दिन ।।
- Jigyasa media