Breaking News
भूपिन र जुनु रानाको निबन्धकृतिलाई ‘विमल गुरुङ कृति पुरस्कार    ||     चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||    

तपाईंको आजको राशिफल हेर्नुहोस् ( भदौ २, गते आईतबार २०८१)

  •   २ वर्ष अघि | २ भदौ २०८१, आइतवार


मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

आज दिनभरि अनुकूल समय रहनेछ। परिश्रम अनुसार लाभ हुनेछ। परिवारमा मेलमिलाप हुनेछ र मान–सम्मान बढ्ने योग छ। सामाजिक क्षेत्रमा समेत प्रतिष्ठा मिल्नेछ। नयाँ कामको अवसर आउनेछ।  

वृष (इ,ऊ,ए,ओ,वा,वि,वू,वे,वो)

आज कुनै पनि निर्णय लिन हतार नगर्नुहोस्। विवादमा पर्नसक्ने सम्भावना छ, तसर्थ छलकपट र धोखाधडीबाट सावधान रहनुहोस्। आर्थिक रूपमा सामान्य फाइदा होला, तर ठूला योजनाहरूमा लगानी नगर्नुहोस्।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

आज व्यापारमा लाभको सम्भावना छ। आफन्त र साथीसँग रमाइलो यात्रा गर्न सक्नुहुन्छ। वैवाहिक जीवनमा मिठास आउनेछ। विद्यार्थीकालागि यो समय अनुकूल हुनेछ। नयाँ ज्ञान प्राप्त गर्न सकिनेछ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

आज काममा ढिलासुस्ती हुनेछ। नयाँ जिम्मेवारी आउन सक्छ, जसले अलिकति दबाब सिर्जना गर्न सक्छ। खर्चमा नियन्त्रण गर्नु राम्रो हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। पारिवारिक जिम्मेवारी बढ्न सक्छ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

आज दिनभरि उत्साह र ऊर्जा बढ्नेछ। नयाँ काममा हात हाल्न अनुकूल समय छ। विशेष भेटघाटले दिनलाई अझ उत्साहित बनाउनेछ। वैवाहिक जीवनमा सुमधुरता आउनेछ र प्रेमसम्बन्धमा नजिकपन बढ्नेछ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

आज सानातिना कुरामा नझुक्नुहोस्। कुनै पनि नयाँ काममा लगानी गर्दा सजग रहनुहोस्। खर्च बढ्ने सम्भावना छ। तपाईका कार्यप्रणालीले सफलता प्राप्त हुनेछ। स्वास्थ्यमा पनि सुधार हुनेछ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

आज दिनभरि रमाइलो समय बित्नेछ। प्रेम सम्बन्धमा प्रगति हुनेछ। आर्थिक रूपमा समय लाभदायक छ। नया योजना कार्यान्वयन हुनेछ। पारिवारिक सम्बन्ध राम्रो हुनेछ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

आज कुनै पनि योजनामा सफल हुनेछ। व्यवसायमा विस्तार हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। विद्यार्थीहरूको लागि अनुकूल समय हुनेछ। समाजमा प्रतिष्ठा बढ्नेछ।

धनु (ये,यो,भा,भी,भू,धा,फ,ढ,भे)

आज मेहनत अनुसार लाभ मिल्नेछ। परिवारका सदस्यसँग राम्रो सम्बन्ध हुनेछ। नयाँ कामको अवसर प्राप्त हुनेछ। यात्रामा सफलता मिल्नेछ।

मकर (भो,जा,जी,खी,खू,खे,खो,गा,गी)

आज आर्थिक लाभको सम्भावना छ। नयाँ योजनामा हात हाल्न सकिन्छ। पारिवारिक जीवनमा सुमधुरता आउनेछ। कुनै विशेष काममा सफलता मिल्नेछ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

आज दिनभरि नयाँ अवसरको खोजीमा समय बित्नेछ। प्रेम सम्बन्धमा राम्रो समय बित्नेछ। स्वास्थ्यमा सुधार आउनेछ। व्यावसायिक यात्राको सम्भावना छ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

आज मेहनत गर्दा मनग्य लाभ हुनेछ। व्यवसायमा नयाँ अवसरको प्राप्ति हुनेछ। प्रेम सम्बन्धमा सुधार आउनेछ। घरमा खुशीको माहोल हुनेछ। यात्रा सफल हुनेछ।


प्रिय पाठकवृन्द यस राशिफलले तपाईंको दिनलाई सफल बनाउन सक्दो सहयोग पुर्याओस्। शुभकामना! शुभ दिन  

  • Jigyasa media

थप