Breaking News
तराईनजिक आयो मनसुनको रेखा, आज यी प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना    ||     विलाप    ||     आज काठमाडौं उपत्यकामा वर्षाको राम्रो सम्भावना, अपराह्नपछि मध्यम वर्षा हुन सक्ने    ||     ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||    

तपाईंको आजको राशिफल हेर्नुहोस् ( भदौ २, गते आईतबार २०८१)

  •   २ वर्ष अघि | २ भदौ २०८१, आइतवार


मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

आज दिनभरि अनुकूल समय रहनेछ। परिश्रम अनुसार लाभ हुनेछ। परिवारमा मेलमिलाप हुनेछ र मान–सम्मान बढ्ने योग छ। सामाजिक क्षेत्रमा समेत प्रतिष्ठा मिल्नेछ। नयाँ कामको अवसर आउनेछ।  

वृष (इ,ऊ,ए,ओ,वा,वि,वू,वे,वो)

आज कुनै पनि निर्णय लिन हतार नगर्नुहोस्। विवादमा पर्नसक्ने सम्भावना छ, तसर्थ छलकपट र धोखाधडीबाट सावधान रहनुहोस्। आर्थिक रूपमा सामान्य फाइदा होला, तर ठूला योजनाहरूमा लगानी नगर्नुहोस्।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

आज व्यापारमा लाभको सम्भावना छ। आफन्त र साथीसँग रमाइलो यात्रा गर्न सक्नुहुन्छ। वैवाहिक जीवनमा मिठास आउनेछ। विद्यार्थीकालागि यो समय अनुकूल हुनेछ। नयाँ ज्ञान प्राप्त गर्न सकिनेछ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

आज काममा ढिलासुस्ती हुनेछ। नयाँ जिम्मेवारी आउन सक्छ, जसले अलिकति दबाब सिर्जना गर्न सक्छ। खर्चमा नियन्त्रण गर्नु राम्रो हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। पारिवारिक जिम्मेवारी बढ्न सक्छ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

आज दिनभरि उत्साह र ऊर्जा बढ्नेछ। नयाँ काममा हात हाल्न अनुकूल समय छ। विशेष भेटघाटले दिनलाई अझ उत्साहित बनाउनेछ। वैवाहिक जीवनमा सुमधुरता आउनेछ र प्रेमसम्बन्धमा नजिकपन बढ्नेछ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

आज सानातिना कुरामा नझुक्नुहोस्। कुनै पनि नयाँ काममा लगानी गर्दा सजग रहनुहोस्। खर्च बढ्ने सम्भावना छ। तपाईका कार्यप्रणालीले सफलता प्राप्त हुनेछ। स्वास्थ्यमा पनि सुधार हुनेछ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

आज दिनभरि रमाइलो समय बित्नेछ। प्रेम सम्बन्धमा प्रगति हुनेछ। आर्थिक रूपमा समय लाभदायक छ। नया योजना कार्यान्वयन हुनेछ। पारिवारिक सम्बन्ध राम्रो हुनेछ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

आज कुनै पनि योजनामा सफल हुनेछ। व्यवसायमा विस्तार हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। विद्यार्थीहरूको लागि अनुकूल समय हुनेछ। समाजमा प्रतिष्ठा बढ्नेछ।

धनु (ये,यो,भा,भी,भू,धा,फ,ढ,भे)

आज मेहनत अनुसार लाभ मिल्नेछ। परिवारका सदस्यसँग राम्रो सम्बन्ध हुनेछ। नयाँ कामको अवसर प्राप्त हुनेछ। यात्रामा सफलता मिल्नेछ।

मकर (भो,जा,जी,खी,खू,खे,खो,गा,गी)

आज आर्थिक लाभको सम्भावना छ। नयाँ योजनामा हात हाल्न सकिन्छ। पारिवारिक जीवनमा सुमधुरता आउनेछ। कुनै विशेष काममा सफलता मिल्नेछ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

आज दिनभरि नयाँ अवसरको खोजीमा समय बित्नेछ। प्रेम सम्बन्धमा राम्रो समय बित्नेछ। स्वास्थ्यमा सुधार आउनेछ। व्यावसायिक यात्राको सम्भावना छ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

आज मेहनत गर्दा मनग्य लाभ हुनेछ। व्यवसायमा नयाँ अवसरको प्राप्ति हुनेछ। प्रेम सम्बन्धमा सुधार आउनेछ। घरमा खुशीको माहोल हुनेछ। यात्रा सफल हुनेछ।


प्रिय पाठकवृन्द यस राशिफलले तपाईंको दिनलाई सफल बनाउन सक्दो सहयोग पुर्याओस्। शुभकामना! शुभ दिन  

  • Jigyasa media

थप