Breaking News
तराईनजिक आयो मनसुनको रेखा, आज यी प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना    ||     विलाप    ||     आज काठमाडौं उपत्यकामा वर्षाको राम्रो सम्भावना, अपराह्नपछि मध्यम वर्षा हुन सक्ने    ||     ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||    

तपाईँको आजको दिन कस्तो रहनेछ? हेर्नुहोस् राशीफल

२०८१ असोज २४ गते

  •   २ वर्ष अघि | २३ असोज २०८१, बुधबार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज तपाईंको आत्मबल र दृढता बढ्नेछ। नयाँ कामको थालनीमा सफलता मिल्नेछ। व्यापार व्यवसायमा लाभको योग छ। दिन उत्साहजनक रहनेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

धन लाभको सम्भावना छ तर कामहरूमा सोच विचार गरेर मात्र निर्णय लिनुहोस्। साथीभाइसँग रमाइलो समय बित्न सक्छ, तर स्वास्थ्यमा ध्यान दिनुहोस्।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

साझेदारीका कामहरूमा लाभ मिल्नेछ। आर्थिक पक्ष सुदृढ हुनेछ। पारिवारिक वातावरण खुसीमय रहनेछ। नजिकका मित्रहरूसँग भेटघाट हुने समय छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आज नयाँ योजना बनाएर अघि बढ्दा फाइदा हुनेछ। सामाजिक र व्यावसायिक क्षेत्रमा उन्नति हुनेछ। तर, यात्रा गर्दा सावधानी अपनाउनुहोस्।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

सहयोगीहरूले समर्थन गर्नेछन्, तर व्यक्तिगत भावनामा ध्यान पुर्याउनुहोस्। सामान्य खर्च बढ्न सक्छ। व्यवसायमा नयाँ अवसर प्राप्त हुने सम्भावना छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

धेरै समयदेखि अड्किएका काम बन्नेछन्। यात्रा सफल हुनेछ। व्यापार व्यवसायमा लाभ मिल्नेछ। तर, आज आर्थिक पक्षमा विशेष ध्यान दिनुहोस्।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

तपाईंको मेहनतले सफलता दिलाउनेछ। आर्थिक पक्ष बलियो हुनेछ। नयाँ मित्रता र सम्बन्ध बन्ने सम्भावना छ। सामाजिक मान प्रतिष्ठा बढ्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

सफलता प्राप्त गर्नका लागि निकै संघर्ष गर्नुपर्नेछ। पारिवारिक सहयोग मिल्नेछ। नयाँ कामको योजना बने पनि पूर्ण गर्न मेहनतको आवश्यकता छ।

धनु (ये, यो, भा, भि, भु, ध, फा, ढ, भे)

तपाईंको कार्यक्षमता बढ्नेछ। साथीसँगको भेटघाटले नयाँ योजना जन्माउनेछ। मनमा उत्साह जाग्नेछ र आत्मविश्वास पनि बढ्नेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

आजको दिन तपाईँको लागि लाभकारी हुनेछ। ठूला निर्णय लिन सजिलो हुनेछ। तर, स्वास्थ्यमा ध्यान दिनुहोस्। भौतिक लाभ मिल्ने योग छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

नयाँ कामको अवसर मिल्नेछ। परिवारमा सुख शान्ति छाउनेछ। साथीभाइसँग रमाइलो समय बित्नेछ। नयाँ योजना र व्यवसायिक काममा सफलता मिल्नेछ।


मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

पुराना मित्रहरूसँग पुन: सम्पर्क हुनेछ। काममा ध्यान दिनुहोस्। योजनाहरू सफल हुनेछन्। परिवारको साथले मनोबल उच्च रहनेछ।

शुभ दिन।।

  • Jigyasa media

थप