मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज नयाँ जिम्मेवारी हात पर्नेछ। परिश्रम गर्दा सफलता हात लाग्नेछ। यात्रा गर्दा सावधानी अपनाउनुहोला। व्यापार व्यवसायबाट लाभ उठाउन सकिनेछ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
साथीभाइको सहयोगले काम अगाडि बढ्नेछ। आत्मविश्वास बढ्ने समय छ। आर्थिक लाभ हुने योग छ। परिवारमा भने सामान्य असमझदारी हुन सक्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
बुद्धिको प्रयोगले समस्याको समाधान गर्न सकिनेछ। अध्ययनमा राम्रो परिणाम प्राप्त हुनेछ। आर्थिक क्षेत्रमा सुधार आउनेछ। तर, अनावश्यक खर्चमा नियन्त्रण गर्नुहोला।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मन भावुक र चञ्चल हुनेछ। परिवारका सदस्यसँग केही असमझदारी बढ्न सक्छ। नयाँ योजना सुरु गर्न उपयुक्त समय छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
साहस र परिश्रमको राम्रो फल प्राप्त हुनेछ। धार्मिक र सामाजिक कार्यमा संलग्न हुने समय छ। घरपरिवारमा सुखद वातावरण सिर्जना हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
काममा ध्यान नदिंदा अपजस व्यहोर्नुपर्ला। मनमा द्विविधा बढ्न सक्छ। यात्रामा सचेत रहनुहोला। आर्थिक लेनदेन गर्दा होशियार हुनुहोस्।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
सामाजिक र पेशागत क्षेत्रमा मान सम्मान प्राप्त हुनेछ। व्यापारबाट राम्रै लाभ हुनेछ। शुभ समाचारले मन हर्षित हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आजको दिन शत्रुहरूले केही असहज परिस्थिति सिर्जना गर्न सक्छन्। स्वास्थ्यमा समस्या आउने सम्भावना छ। आर्थिक पक्ष भने सबल देखिन्छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
विद्यार्थीले आजको दिन अध्ययनमा प्रगति गर्नेछन्। परोपकारी कार्यमा मन जानेछ। दाम्पत्य जीवन सुखद रहनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
नयाँ कामको प्रस्ताव आउन सक्छ। साझेदारीमा गरिएको काममा सफलता हात पर्नेछ। मानसिक शान्ति मिल्नेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
काममा नयाँ अवसरहरू आउन सक्छन्। परिवारमा सामञ्जस्य बढ्नेछ। आर्थिक पक्षमा भने सामान्य दबाब आउनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
विदेश यात्रा वा अध्ययनका लागि राम्रो समय छ। दाम्पत्य जीवन सुखमय हुनेछ। दिन रमाइलो तरिका बित्नेछ।
शुभ दिन ।।
- Jigyasa media