मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)
काममा नयाँ अवसर पाइनेछ। आर्थिक लाभ हुनेछ। पारिवारिक सुख मिल्नेछ। मित्रबाट सहयोग प्राप्त हुनेछ।
वृष (ई, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आर्थिक क्षेत्रमा कमजोरी आउन सक्छ। स्वास्थ्यमा ध्यान पुर्याउनुहोला। योजना निर्माणमा समय बित्नेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
पुराना समस्या हल हुनेछन्। परिवारसँग समय बित्नेछ। व्यापारमा सामान्य लाभ हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अचानक धन लाभको सम्भावना छ। मनोबल उच्च रहनेछ। सामाजिक मान सम्मान बढ्नेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
यात्राको सम्भावना छ। स्वास्थ्यमा समस्या आउन सक्छ। व्यवसायमा मन्दी देखिनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
नयाँ सम्पर्कले फाइदा पुर्याउनेछ। परोपकारका कार्यमा सहभागी भइनेछ। प्रेम जीवनमा सकारात्मकता आउला।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आर्थिक लाभ हुनेछ। पारिवारिक सम्बन्ध सुमधुर बन्नेछ। मित्रहरूसँग रमाइलो समय बित्नेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
काममा बाधा आउनेछ। स्वास्थ्यमा समस्या देखिन सक्छ। संयमित रहनुहोला।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
उद्योग र व्यापारमा सफलता मिल्नेछ। धार्मिक तथा परोपकारी कार्यमा मन जानेछ। नयाँ जिम्मेवारी पाइनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आत्मविश्वास बढ्नेछ। अध्ययन–अध्यापनमा सफलता मिल्नेछ। पारिवारिक सहयोग प्राप्त हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
योजना कार्यान्वयनमा सफलता मिल्नेछ। साथीभाइबाट सहयोग पाइनेछ। यात्राको सम्भावना छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
नोकरी र व्यापारमा चुनौती देखिनेछ। दाम्पत्य जीवनमा सन्तुलन आवश्यक छ। स्वास्थ्यमा ध्यान पुर्याउनुहोस्।
मंगलमय दिनको शुभकामना!
- Jigyasa media