Breaking News
तराईनजिक आयो मनसुनको रेखा, आज यी प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना    ||     विलाप    ||     आज काठमाडौं उपत्यकामा वर्षाको राम्रो सम्भावना, अपराह्नपछि मध्यम वर्षा हुन सक्ने    ||     ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||    

तपाईँको आजको दिन कस्तो रहनेछ ? हेर्नुहोस राशिफल

असोज २०, २०८१ (आईतवार)

  •   २ वर्ष अघि | १९ असोज २०८१, शनिबार

मेष (चू,चे,चो,ला,ली,लू,ले,लो,अ)

आफ्नो स्वास्थ्यप्रति सजग रहनुपर्ने दिन हो। आलस्यले गर्दा महत्वपूर्ण अवसर गुम्न सक्छ। पारिवारिक समस्या सुल्झाउने समय मिल्नेछ। नयाँ काम थाल्नुअघि सोचविचार गर्नुहोस्।


वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

आर्थिक पक्षमा सुधार हुनेछ। व्यापार व्यवसायमा फाइदा हुनेछ भने मेहनतअनुसार प्रतिफल पाइनेछ। नयाँ लगानीको अवसर आउनेछ। दाम्पत्य जीवन सुखमय रहनेछ।


मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

दिन मनोरञ्जनमा बित्नेछ। कला र संगीतमा रुचि बढ्नेछ। प्रेम जीवनमा सुधार हुनेछ भने साथीभाइसँग रमाइलो समय बित्नेछ। अध्ययनमा प्रगति हुने देखिन्छ।


कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

आफ्ना योजनाहरू कार्यान्वयन गर्न कठिनाइ आउनेछ। पारिवारिक तनाव बढ्न सक्छ, तर धैर्यताले समस्याहरू समाधान हुनेछ। पुराना कामहरू पुनः सक्रिय गर्नुपर्नेछ।


सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

आजको दिन हाँसीखुसी बित्नेछ। लामो समयदेखि रोकिएको काम अघि बढ्नेछ। कार्यक्षेत्रमा सहकर्मीको सहयोग मिल्नेछ। आर्थिक पक्षमा सुधार हुने समय छ।


कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

नयाँ अवसरहरूको लाभ उठाउन सकिनेछ। व्यवसायमा फाइदा हुनेछ भने सामाजिक प्रतिष्ठा बढ्नेछ। पारिवारिक सहयोग मिल्नेछ, तर खानपानमा ध्यान दिनुहोस्।


तुला (रा,री,रू,रे,रो,ता,ती,तू,ते)

आजको दिन मिश्रित फल दिनेछ। पुराना समस्या उथलपुथल हुनसक्छन्, तर आत्मबलको सहायताले समस्या समाधान हुनेछ। वैदेशिक यात्रा वा उच्च शिक्षा सम्बन्धी समाचार प्राप्त हुनेछ।


वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

आर्थिक क्षेत्रमा सुधार हुनेछ। काममा सफलता हात पर्नेछ भने रोकिएका कार्यहरू पनि सम्पादन हुनेछन्। जीवनसाथीको साथ र सहयोगले आत्मबल बढ्नेछ। प्रेम जीवन सन्तोषजनक रहनेछ।


धनु (ये,यो,भा,भी,भू,धा,फा,ढा,भे)

सहयोग र सल्लाह प्राप्त हुने दिन हो। सामाजिक कार्यमा सक्रिय भूमिका निर्वाह गर्न सकिनेछ। धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। खर्चमा भने बृद्धि हुन सक्छ।


मकर (भो,जा,जी,खि,खु,खे,खो,गा,गी)

सावधानीपूर्वक काम गर्नु पर्नेछ। कानुनी वा सरकारी कार्यहरूमा ध्यान दिनुहोला। भावनात्मक निर्णयले तनाव निम्त्याउन सक्छ। यात्रामा बाधा आउन सक्ने भएकाले यात्राको योजना स्थगित गर्नु उचित हुनेछ।


कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

आर्थिक पक्ष सुदृढ हुनेछ। नयाँ अवसरहरू प्राप्त हुनेछन्। वैदेशिक काममा सफलता मिल्नेछ भने यात्रामा प्रगति हुनेछ। नयाँ सम्बन्धहरू बन्नेछन र मित्रहरूको साथ पाइनेछ।


मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

स्वास्थ्यमा ध्यान दिनुहोला। व्यावसायिक क्षेत्रमा मन्दी आउनेछ भने योजना कार्यान्वयनमा ढिलाइ हुनेछ। पारिवारिक मामिलामा विवाद बढ्न सक्ने भएकाले संयमित रहनु उपयुक्त हुनेछ।


  • Jigyasa media

थप