मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)
आजको दिन उत्साहजनक रहनेछ। आर्थिक पक्षमा सुधार आउनेछ भने मान–सम्मानमा वृद्धि हुनेछ। पारिवारिक सम्बन्धमा समझदारी बढ्नेछ।
वृष (इ, उ, ए, ओ, वा, वि, वू, वे, वो)
आर्थिक लाभ हुने सम्भावना छ। मानसिक शान्तिका लागि केही समय आफूलाई सन्तुलनमा राख्नु राम्रो हुनेछ। नयाँ अवसरहरू मिल्न सक्छन्।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
सामाजिक प्रतिष्ठा बढ्नेछ र नयाँ कार्यको थालनीको संकेत छ। व्यावसायिक क्षेत्रमा राम्रो सम्भावना देखिन्छ। खर्चमा नियन्त्रण राख्नु राम्रो हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
धेरै ठूला निर्णयहरू सोच–विचार गरेर मात्र गर्नुहोला। स्वास्थ्यमा ध्यान दिन आवश्यक छ। नजिकका मानिसहरूसँग सहयोग पाउनु हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
बुद्धिको प्रयोगले कार्य सम्पन्न गर्न सकिनेछ। काममा साथीभाइको साथ र सहयोग मिल्नेछ। महत्वपूर्ण निर्णयहरू गर्न सकिनेछ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
बोलीको प्रभावले लक्ष्य हासिल हुनेछ। व्यवसायमा सन्तोषजनक परिणाम आउनेछ। अध्ययन–अध्यापनमा सफलता मिल्नेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आजको दिन केही चुनौतीपूर्ण बन्न सक्छ। धैर्यपूर्वक काम गर्नुहोस् र विवादास्पद विषयमा ध्यान नदिनुहोस्। पारिवारिक जिम्मेवारी बढ्न सक्छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
धार्मिक तथा सामाजिक कार्यमा सक्रियता देखाउनु हुनेछ। आर्थिक पक्ष मजबुत हुने र सन्तान सुख मिल्नेछ। नयाँ मित्रता हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढा, भे)
काममा केही चुनौती आए पनि समाधानका उपाय खोज्नु हुनेछ। व्यावसायिक योजनामा सफलता मिल्नेछ। साथीहरूसँग समय बित्न सक्छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
घरपरिवारमा सुमधुर वातावरण रहला। नयाँ अवसरको लागि प्रयास गर्नु लाभदायक हुनेछ। आत्मविश्वासमा कमी आउने छैन।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
धेरै योजना सफल हुनेछन्। मान–सम्मानमा बृद्धि हुने देखिन्छ। नयाँ ज्ञान प्राप्त गर्ने अवसर पाइनेछ। वैदेशिक क्षेत्र लाभदायक बन्नेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आफ्नो बौद्धिक क्षमताको पूर्ण प्रयोग गर्नु होला। आर्थिक योजनामा लाभ हुने सम्भावना छ। दाम्पत्य सम्बन्धमा मिठास आउनेछ।
शुभ दिन ।।
- Jigyasa media