मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)
आज आत्मबल उच्च रहनेछ। काममा सफलता मिल्नेछ। महत्वपूर्ण निर्णय गर्दा अवसर र चुनौतीको सन्तुलन गर्नुपर्ने दिन रहेको छ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
स्वास्थ्यमा विशेष ध्यान दिनु होला। आर्थिक लाभ भए पनि अनावश्यक खर्च बढ्न सक्छ। पारिवारिक सम्बन्धमा सुधार हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
यात्राको सम्भावना छ। प्रेम सम्बन्धमा आत्मीयता बढ्नेछ। आर्थिक मामिलामा सकारात्मक समाचार सुन्न पाइनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
व्यवसायमा फाइदाका अवसरहरू मिल्नेछन्। मान-प्रतिष्ठा बढ्नेछ। परिवार र साथीभाइको साथ पाउने समय छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आर्थिक पक्ष बलियो हुनेछ। नयाँ योजना सुरु गर्न राम्रो समय रहेको छ। समाजमा प्रतिष्ठा बढ्नेछ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आजको दिन मिश्रित परिणाम आउनेछ। खर्चमा ध्यान दिनु होला। स्वास्थ्यमा पनि विशेष ख्याल राख्नुपर्छ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
विदेश यात्रा वा व्यापारिक अवसर प्राप्त हुनेछ। दाम्पत्य जीवनमा सामंजस्यता बढ्नेछ। अध्ययनमा पनि राम्रो प्रगति हुने समय छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
काममा सफलता प्राप्त हुने योग छ। आत्मबल उच्च रहनेछ। सामाजिक कार्यमा सरिक हुने अवसर मिल्नेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आत्मविश्वास र सकारात्मक दृष्टिकोणमा बृद्धि हुनेछ। घरपरिवारमा खुसीको वातावरण छाउनेछ। मित्रता र सम्बन्धमा सुधार हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सामाजिक मान प्रतिष्ठा बढ्नेछ। व्यापार व्यवसायमा लाभ हुनेछ। पुराना लगानीबाट लाभ उठाउन सकिनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आर्थिक लाभका लागि नयाँ अवसर प्राप्त हुनेछ। नयाँ योजना सफल हुनेछ। परिवारसँग समय बिताउने मौका मिल्नेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
शान्त र सन्तुलित सोचले समस्या समाधानमा सहयोग पुर्याउनेछ। दाम्पत्य जीवनमा सुख मिल्नेछ। धार्मिक यात्रामा सहभागी हुने सम्भावना छ।
शुभ दिन।।
- Jigyasa media