Breaking News
ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||    

२०८२ साल वैशाख ३१ गते, बुधबारको राशीफल हेर्नुहोस्

  •   १ वर्ष अघि | ३१ बैशाख २०८२, बुधबार

- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ कामको थालनीका लागि अनुकूल समय छ। सामाजिक मान–सम्मान बढ्न सक्छ। तर, पुराना शत्रु वा प्रतिस्पर्धीले असहयोग गर्न सक्छन्, सतर्क रहनुहोला।

- वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) पारिवारिक सहयोग र आत्मबलले मन उत्साहित हुनेछ। आर्थिक पक्ष सबल देखिन्छ। दाम्पत्य सम्बन्धमा मिठास थपिनेछ।

- मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सामाजिक क्षेत्रमा नाम कमाउने अवसर प्राप्त हुनेछ। पुराना कागजी काम सफलतासाथ अघि बढ्नेछन्। प्रेम र मित्रतामा विश्वास बढ्नेछ।

- कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) खर्चमा वृद्धि देखिए पनि महत्त्वपूर्ण व्यक्तिसँगको भेटले लाभ दिनेछ। घरपरिवारमा सुखद् समय व्यतीत हुनेछ। यात्रामा लाभ मिल्ने सम्भावना।

- सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नयाँ योजना सफल हुनेछन्। प्रेम र मित्रता प्रगाढ बन्नेछ। अध्ययन, अनुसन्धान वा लेखनमा संलग्नहरूका लागि समय शुभ छ।

- कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) व्यवसाय वा जागिरमा सफलता मिल्नेछ। सानातिना झञ्झटहरू देखिए पनि धैर्यले समाधान निकाल्न सकिनेछ। नजिकका व्यक्तिको सहयोग मिल्नेछ।

- तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) विदेश यात्रा, अध्ययन वा व्यापारमा सफलता मिल्नेछ। नयाँ कामको सुरुवात गर्न मन लागेको दिन हो। आर्थिक लाभका संकेत देखिन्छन्।

- वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कागजी काम वा सरकारी तवरबाट फाइदा मिल्ने दिन हो। आत्मविश्वासमा वृद्धि हुनेछ। पुराना तनावहरू समाधान हुनेछन्।

- धनु (ये, यो, भा, भि, भु, ध, फा, ढ, भे) व्यवसायमा वृद्धि हुनेछ। वैदेशिक सम्बन्ध वा काममा सफलता मिल्नेछ। तर, आत्मघातक निर्णय वा झुठा आश्वासनबाट टाढा रहनु बुद्धिमानी हुनेछ।

- मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) मानसिक तनाव र खर्च बढ्न सक्छ। स्वास्थ्यमा केही असहजता देखिन सक्छ। मन अशान्त हुन सक्छ, तर साँझपख राहतको अनुभव हुनेछ।

- कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) मित्रताको बलले ठूलो काम बन्न सक्छ। आर्थिक पक्ष सुदृढ हुनेछ। अध्ययन–अध्यापनमा केन्द्रित हुनुहुनेहरूले राम्रो नतिजा प्राप्त गर्न सक्नुहुनेछ।

- मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) साझेदारी वा टिमवर्कमा राम्रो सफलता मिल्नेछ। पारिवारिक खुसी प्राप्त हुनेछ। धर्म–कर्म वा सेवामूलक कार्यमा लाग्न सकिने दिन हो।

  • Jigyasanepal

थप