Breaking News
एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||     कोजाग्रत पूर्णिमामा महालक्ष्मीको पूजा, रातभर जाग्राम बस्ने परम्परा    ||    

२०८२ साल वैशाख ३१ गते, बुधबारको राशीफल हेर्नुहोस्

  •   १ वर्ष अघि | ३० बैशाख २०८२, मङ्लबार

- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ कामको थालनीका लागि अनुकूल समय छ। सामाजिक मान–सम्मान बढ्न सक्छ। तर, पुराना शत्रु वा प्रतिस्पर्धीले असहयोग गर्न सक्छन्, सतर्क रहनुहोला।

- वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) पारिवारिक सहयोग र आत्मबलले मन उत्साहित हुनेछ। आर्थिक पक्ष सबल देखिन्छ। दाम्पत्य सम्बन्धमा मिठास थपिनेछ।

- मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सामाजिक क्षेत्रमा नाम कमाउने अवसर प्राप्त हुनेछ। पुराना कागजी काम सफलतासाथ अघि बढ्नेछन्। प्रेम र मित्रतामा विश्वास बढ्नेछ।

- कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) खर्चमा वृद्धि देखिए पनि महत्त्वपूर्ण व्यक्तिसँगको भेटले लाभ दिनेछ। घरपरिवारमा सुखद् समय व्यतीत हुनेछ। यात्रामा लाभ मिल्ने सम्भावना।

- सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नयाँ योजना सफल हुनेछन्। प्रेम र मित्रता प्रगाढ बन्नेछ। अध्ययन, अनुसन्धान वा लेखनमा संलग्नहरूका लागि समय शुभ छ।

- कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) व्यवसाय वा जागिरमा सफलता मिल्नेछ। सानातिना झञ्झटहरू देखिए पनि धैर्यले समाधान निकाल्न सकिनेछ। नजिकका व्यक्तिको सहयोग मिल्नेछ।

- तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) विदेश यात्रा, अध्ययन वा व्यापारमा सफलता मिल्नेछ। नयाँ कामको सुरुवात गर्न मन लागेको दिन हो। आर्थिक लाभका संकेत देखिन्छन्।

- वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कागजी काम वा सरकारी तवरबाट फाइदा मिल्ने दिन हो। आत्मविश्वासमा वृद्धि हुनेछ। पुराना तनावहरू समाधान हुनेछन्।

- धनु (ये, यो, भा, भि, भु, ध, फा, ढ, भे) व्यवसायमा वृद्धि हुनेछ। वैदेशिक सम्बन्ध वा काममा सफलता मिल्नेछ। तर, आत्मघातक निर्णय वा झुठा आश्वासनबाट टाढा रहनु बुद्धिमानी हुनेछ।

- मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) मानसिक तनाव र खर्च बढ्न सक्छ। स्वास्थ्यमा केही असहजता देखिन सक्छ। मन अशान्त हुन सक्छ, तर साँझपख राहतको अनुभव हुनेछ।

- कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) मित्रताको बलले ठूलो काम बन्न सक्छ। आर्थिक पक्ष सुदृढ हुनेछ। अध्ययन–अध्यापनमा केन्द्रित हुनुहुनेहरूले राम्रो नतिजा प्राप्त गर्न सक्नुहुनेछ।

- मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) साझेदारी वा टिमवर्कमा राम्रो सफलता मिल्नेछ। पारिवारिक खुसी प्राप्त हुनेछ। धर्म–कर्म वा सेवामूलक कार्यमा लाग्न सकिने दिन हो।

  • Jigyasanepal

थप