मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)बौद्धिक तथा सृजनात्मक क्षमताको प्रसार हुनेछ। रोकिएको काम अघि बढ्नेछ। नयाँ कामको योजना बन्नेछ। तर, फूर्सदमा समय खेर नफाल्नु होला।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)धन लाभको सम्भावना छ। परिवारमा सुखद खबर सुन्न पाइनेछ। माया प्रेममा प्रगाढता बढ्नेछ। साँझपख खर्चमा भने संयम अपनाउनु राम्रो।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)व्यवसायमा लाभ हुनेछ। आत्मबल बढ्नेछ र सामाजिक कार्यमा सक्रियता देखिनेछ। सानो यात्राबाट फाइदा मिल्नेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)मनोबल कमजोर हुनसक्छ। स्वास्थ्यमा सामान्य समस्या देखिन सक्छ। विवादबाट टाढा रहनु हितकर हुनेछ। पुरानो समस्या समाधान हुने संकेत छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)सहयोगी मित्रबाट लाभ हुनेछ। प्रतिष्ठा बढ्नेछ। मनमा आनन्द छाउनेछ। धार्मिक कार्यमा रुचि बढ्ने समय छ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)पारिवारिक सुखमा वृद्धि हुनेछ। पदोन्नतिको सम्भावना छ। अरुलाई प्रभावित पार्ने दिन हो। प्रेम जीवनमा मिठास थपिनेछ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)यात्रामा सफलता मिल्नेछ। नयाँ योजना कार्यान्वयनको समय हो। पठनपाठनमा रुचि बढ्नेछ। तर, अहम बढ्न नदिनुहोला।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आर्थिक हिसाबले उठबसको दिन हो। उधारो कारोबारमा सतर्कता अपनाउनुहोला। स्वास्थ्यमा सामान्य कमजोरी आउन सक्छ।
धनु (ये, यो, भा, भि, भु, ध, फा, ढ, भे)साझेदारसँग सम्बन्ध प्रगाढ हुनेछ। सामाजिक सम्बन्ध बलियो बन्नेछ। पुरानो आशयले आज काम बनाउने सम्भावना प्रबल छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)कामको चाप बढ्न सक्छ। स्वास्थ्यमा सजग रहनु राम्रो हुन्छ। सेवाग्राहीसँग टकरावको सम्भावना देखिन्छ, सम्हालिएर व्यवहार गर्नुहोस्।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) रचनात्मक काममा सफलता मिल्नेछ। प्रेम सम्बन्ध प्रगाढ हुनेछ। विद्यार्थीहरूका लागि अनुकूल समय हो।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) घरपरिवारमा स्नेहको वातावरण छाउनेछ। सम्पत्तिबाट फाइदा मिल्ने योग छ। मनमा उत्साह र उमङ्ग रहनेछ।
-
Jigyasanepal