Breaking News
एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||     कोजाग्रत पूर्णिमामा महालक्ष्मीको पूजा, रातभर जाग्राम बस्ने परम्परा    ||    

२०८२ वैशाख २४ गते, बुधबारको दैनिक राशिफल हेर्नुहोस्

  •   १ वर्ष अघि | २३ बैशाख २०८२, मङ्लबार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)बौद्धिक तथा सृजनात्मक क्षमताको प्रसार हुनेछ। रोकिएको काम अघि बढ्नेछ। नयाँ कामको योजना बन्नेछ। तर, फूर्सदमा समय खेर नफाल्नु होला।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)धन लाभको सम्भावना छ। परिवारमा सुखद खबर सुन्न पाइनेछ। माया प्रेममा प्रगाढता बढ्नेछ। साँझपख खर्चमा भने संयम अपनाउनु राम्रो।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)व्यवसायमा लाभ हुनेछ। आत्मबल बढ्नेछ र सामाजिक कार्यमा सक्रियता देखिनेछ। सानो यात्राबाट फाइदा मिल्नेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)मनोबल कमजोर हुनसक्छ। स्वास्थ्यमा सामान्य समस्या देखिन सक्छ। विवादबाट टाढा रहनु हितकर हुनेछ। पुरानो समस्या समाधान हुने संकेत छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)सहयोगी मित्रबाट लाभ हुनेछ। प्रतिष्ठा बढ्नेछ। मनमा आनन्द छाउनेछ। धार्मिक कार्यमा रुचि बढ्ने समय छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)पारिवारिक सुखमा वृद्धि हुनेछ। पदोन्नतिको सम्भावना छ। अरुलाई प्रभावित पार्ने दिन हो। प्रेम जीवनमा मिठास थपिनेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)यात्रामा सफलता मिल्नेछ। नयाँ योजना कार्यान्वयनको समय हो। पठनपाठनमा रुचि बढ्नेछ। तर, अहम बढ्न नदिनुहोला।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आर्थिक हिसाबले उठबसको दिन हो। उधारो कारोबारमा सतर्कता अपनाउनुहोला। स्वास्थ्यमा सामान्य कमजोरी आउन सक्छ।

धनु (ये, यो, भा, भि, भु, ध, फा, ढ, भे)साझेदारसँग सम्बन्ध प्रगाढ हुनेछ। सामाजिक सम्बन्ध बलियो बन्नेछ। पुरानो आशयले आज काम बनाउने सम्भावना प्रबल छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)कामको चाप बढ्न सक्छ। स्वास्थ्यमा सजग रहनु राम्रो हुन्छ। सेवाग्राहीसँग टकरावको सम्भावना देखिन्छ, सम्हालिएर व्यवहार गर्नुहोस्।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) रचनात्मक काममा सफलता मिल्नेछ। प्रेम सम्बन्ध प्रगाढ हुनेछ। विद्यार्थीहरूका लागि अनुकूल समय हो।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) घरपरिवारमा स्नेहको वातावरण छाउनेछ। सम्पत्तिबाट फाइदा मिल्ने योग छ। मनमा उत्साह र उमङ्ग रहनेछ।

  • Jigyasanepal

थप