मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
धन आगमनको योग छ, तर खर्चमा पनि वृद्धि देखिन्छ। पारिवारिक जिम्मेवारी बढ्न सक्छ। बोलीमा नियन्त्रण राख्नुस्।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आत्मबल र आत्मविश्वास बढ्नेछ। अधुरो काम पूरा हुने सम्भावना छ। प्रेममा समझदारी बढ्नेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
नयाँ कामको प्रस्ताव आउन सक्छ। मानसिक तनाव भए पनि परिणाम तपाईंको पक्षमा जान सक्छ। यात्रामा सावधानी अपनाउनुहोस्।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
साझेदारीका काममा फाइदा मिल्नेछ। वैदेशिक काममा सफलता मिल्ने योग छ। प्रेम सम्बन्धमा सुधार हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
काममा आलस्य हुन सक्छ। स्वास्थ्यमा अलिक ध्यान दिनुपर्ला। महत्वपूर्ण निर्णय सोचविचार गरेर गर्नुहोस्।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
पढाइ–लेखाइ वा प्रतियोगितामा सफलता मिल्ने संकेत छ। परिवारमा खुसीको वातावरण बन्नेछ। प्रेममा सफलता मिल्नेछ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
पुराना कामहरू पुरा हुनेछन्। नयाँ अवसर आउन सक्छ। साना यात्राबाट लाभ मिल्ने योग छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कार्य क्षेत्रमा सशक्त उपस्थितिले सबैको ध्यान तान्नेछ। आर्थिक पक्ष सबल देखिन्छ। प्रेममा सन्तुलन आवश्यक छ।
धनु (ये, यो, भा, भि, भू, धा, फा, ढ, भे)
मनमा चञ्चलता भए पनि कार्यमा सुधार आउनेछ। व्यापारमा फाइदा मिल्नेछ। धार्मिक कार्यमा मन लाग्नेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
धेरै सोचेर निर्णय गर्दा अवसर छुट्न सक्छ। प्रतिस्पर्धीहरू सक्रिय हुनेछन्। सतर्क रहनु उचित हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
सहयोगी हातहरू बढ्नेछन्। आर्थिक पक्ष सुधार हुने सम्भावना छ। वैवाहिक जीवनमा मिठास बढ्नेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
मनमा उत्साह छाउनेछ। बौद्धिक काममा प्रशंसा पाइनेछ। शुभ समाचार सुन्न पाइने योग छ।
- J