मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
धैर्य र विवेकले काम लिनुहोला। मानसिक चञ्चलता कम गर्ने प्रयास गर्नु राम्रो हुनेछ। आर्थिक लेनदेनमा सतर्कता अपनाउनुहोस्।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
नयाँ योजना बने पनि कार्यान्वयनमा ढिलाइ हुन सक्छ। घरपरिवारमा सामञ्जस्य कायम राख्नु राम्रो हुन्छ। यात्रामा सतर्क रहनुहोस्।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
धनलाभको सम्भावना छ। मान–प्रतिष्ठा बढ्न सक्छ। अध्ययन तथा प्रतिस्पर्धामा सफलता मिल्ने संकेत देखिन्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कामको बोझ बढ्नेछ, तर श्रम अनुसारको फल पाउने दिन हो। साथीभाइसँग सहयोग प्राप्त हुनेछ। पारिवारिक सुख मिल्नेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आत्मविश्वास बढ्नेछ। अघिका काम सफल हुनेछन्। प्रेममा सफलता मिल्ने योग छ। वैदेशिक कार्यमा पनि प्रगति देखिन्छ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
स्वास्थ्यमा कमजोरी देखिन सक्छ। नयाँ लगानी वा ठूला निर्णय आजका लागि टार्न सकिन्छ। पुराना मित्र भेटिन सक्छन्।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज उत्साहजनक समाचार सुन्न पाइनेछ। भाग्यबल प्रबल हुनेछ। व्यापार व्यवसायमा प्रगति हुने दिन हो।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अनावश्यक विवादमा नपर्नुहोस्। खर्चमा वृद्धि हुन सक्छ। स्वास्थ्यप्रति ध्यान पुर्याउनु आवश्यक छ।
धनु (ये, यो, भा, भि, भु, ध, फा, ढ, भे)
आजको दिन अध्ययन, प्रतियोगिता र सिर्जनात्मक कार्यमा सफलता मिल्नेछ। शुभ समाचार प्राप्त हुने दिन हो।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
व्यावसायिक लाभ हुने दिन हो। सामाजिक क्षेत्रमा सक्रियता बढ्नेछ। मान–सम्मानमा वृद्धि हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सन्देह र भ्रमको अवस्था हुन सक्छ। यात्रा टार्न सकिन्छ। साथीभाइको सहयोगबाट काम बन्न सक्छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
दैनिक काममा प्रगति हुनेछ। पारिवारिक वातावरण सुखद रहला। नयाँ योजनाको सुरुवातका लागि अनुकूल दिन हो।
- Jigyasa media