Breaking News
ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||    

२०८२ वैशाख २ गते, मंगलबारको दैनिक राशिफल

  •   १ वर्ष अघि | २ बैशाख २०८२, मङ्लबार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

दैनिक व्यस्तता बढ्नेछ। नयाँ जिम्मेवारीहरू थपिन सक्छन्। बोल्दा संयम अपनाउनुहोस्। प्रेममा अनावश्यक शंका नगर्नुहोस्।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

परिवारसँग समय बिताउन पाउनुहुनेछ। आर्थिक लाभका संकेत देखिन्छन्। नजिकको व्यक्तिको साथ सहयोगी बन्नेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

विद्यार्थीहरूका लागि राम्रो समय। बोली र व्यवहारले नयाँ सम्बन्ध बनाउने दिन हो। सामाजिक कार्यमा प्रशंसा पाइनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

नयाँ कामको थालनीका लागि उत्तम समय। साथीभाइसँग भेटघाट र रमाइलो हुनेछ। मनमा नयाँ योजना आउनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

खर्च बढ्न सक्छ, तर काममा सफलता मिल्नेछ। टाढाको यात्राको सम्भावना छ। पुराना कुरा मनमा नराख्नुहोस्।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

विपरीत लिङ्गसँग सम्बन्ध सुदृढ हुने दिन। प्रेम र मित्रताको वातावरण अनुकूल रहनेछ। शरीरमा आलस्य महसुस हुन सक्छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

नयाँ स्रोतबाट आम्दानी बढ्ने सम्भावना। निर्णयमा स्पष्टता आउँछ। व्यापारिक काममा लाभ हुनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

सकारात्मक सोचले सफलता ल्याउनेछ। मानसिक शान्ति प्राप्त हुनेछ। आफन्तबाट सहयोग पाइनेछ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

परिश्रमको उचित फल मिल्नेछ। आत्मविश्वास बढ्नेछ। भावनात्मक सम्बन्धमा सुधार आउनेछ।

मकर (भो, जा, जि, खि, खु, खे, खो, गा, गि)

छोटो यात्राबाट लाभ मिल्नेछ। आफन्तसँग भेटघाटको अवसर मिल्नेछ। पुराना तिक्तता मेटिनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

सामाजिक सञ्जाल वा संचारको माध्यमबाट राम्रो अवसर आउन सक्छ। व्यवसायमा नयाँ योजना बन्नेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

कला, साहित्य वा सिर्जनशील कार्यमा सफलता मिल्नेछ। साथीहरूसँग समय रमाइलो बन्नेछ। आत्मबल उच्च रहनेछ।

शुभ दिन ।

  • Jigyasa media

थप