Breaking News
ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||    

चैत्र ३१ गते, २०८१ आईतबारको दैनिक राशिफल

  •   १ वर्ष अघि | ३१ चैत्र २०८१, आइतवार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

परिश्रम अनुसार फल पाइनेछ। मनमा उमंग र उत्साह बढ्नेछ। सामाजिक कार्यमा सफलता मिल्नेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

पारिवारिक सल्लाह र सहयोगबाट महत्त्वपूर्ण कार्य बन्नेछ। नयाँ योजना बन्न सक्छ, तर निर्णय लिनु अघि सोचविचार गर्नु राम्रो।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

विद्या र अध्ययनमा प्रगति हुनेछ। तर, बिनाकोस कुरामा समय नष्ट हुनसक्छ। आत्मविश्वास कायम राख्नुहोस्।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आर्थिक पक्षमा सुधार आउनेछ। व्यापारमा राम्रो लाभ मिल्ने संकेत छ। स्वास्थ्यका मामिलामा सचेत रहनुहोला।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

पुराना समस्याहरू समाधान हुनेछन्। प्रेम सम्बन्धमा प्रगाढता आउन सक्छ। पदोन्नतिको अवसर आउनसक्छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

काममा अलिकति ढिलाइ हुनसक्छ। तर, धैर्यपूर्वक अगाडि बढेमा सफलता प्राप्त हुनेछ। यात्रामा सावधानी अपनाउनुहोस्।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

सञ्चार र अभिव्यक्तिको माध्यमबाट नाम कमाउने मौका छ। साथीभाइबाट सहयोग पाइनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

पारिवारिक सौहार्दमा वृद्धि हुनेछ। आत्मबल बढ्नेछ। मन मिल्ने व्यक्तिको साथ पाइन सक्छ।

धनु (ये, यो, भा, भि, भु, ध, फा, ढ, भे)

प्रेम र मित्रताको क्षेत्रमा साकारात्मक संकेत छन्। नयाँ कामको प्रस्ताव आउन सक्छ। बोल्दा संयम अपनाउनुहोस्।

मकर (भो, जा, जि, खि, खु, खे, खो, गा, गि)

धनप्राप्तिको योग बलियो छ। व्यापार–व्यवसायमा फाइदा हुनेछ। सामाजिक प्रतिष्ठा बढ्नेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

मनमा अशान्ति हुनसक्छ। व्यवहारमा लचकता अपनाउनुहोस्। खर्चमा नियन्त्रण गर्नु आवश्यक देखिन्छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

सामाजिक कार्यमा सफलता मिल्नेछ। धार्मिक तथा परोपकारी कार्यमा रुचि बढ्नेछ। शुभ सूचना प्राप्त हुने सम्भावना छ।

शुभ दिन ।

  • Jigyasa media

थप