मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज भाग्यले राम्रो साथ दिनेछ। व्यापार तथा रोजगारीमा प्रगति हुनेछ। नजिकका व्यक्तिबाट सकारात्मक ऊर्जा प्राप्त हुनेछ। प्रेम सम्बन्धमा पनि प्रगति हुने दिन छ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आर्थिक पक्ष सामान्य रहला। नयाँ लगानी गर्दा विचार पुर्याउनुहोस्। पारिवारिक जीवनमा सन्तुलन राख्न आवश्यक छ। स्वास्थ्यमा अलि ध्यान दिनु राम्रो हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कला, साहित्य तथा सिर्जनात्मक क्षेत्रमा रुचि बढ्नेछ। प्रेम सम्बन्धमा सुधार आउनेछ। अध्ययन तथा बौद्धिक क्षेत्रमा राम्रो अवसर मिल्न सक्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
व्यवसायमा सफलता मिल्नेछ। पारिवारिक सहयोगले आत्मबल बढ्नेछ। काममा सक्रियता देखाउनु पर्ने दिन छ। यात्राका अवसर आउन सक्छन्।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
धार्मिक तथा सामाजिक क्षेत्रमा समय बित्नेछ। नसोचेको ठाउँबाट धनलाभ हुन सक्छ। प्रेम सम्बन्धमा सकारात्मक सुधार आउनेछ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
बोलीको प्रभाव बढ्नेछ। नयाँ अवसरहरू प्राप्त हुन सक्छन्। स्वास्थ्यमा ध्यान दिनुहोला, खानपानमा विशेष सतर्कता अपनाउनु पर्ने दिन छ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
मित्रजन तथा परिवारको साथ मिल्नेछ। मिहिनेत गरेअनुसार राम्रो नतिजा पाइनेछ। व्यापारिक गतिविधिमा सुधार आउनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पुरानो काम सम्पन्न हुनेछ। नोकरी तथा व्यवसायमा पदोन्नति अथवा आम्दानी बढ्ने संकेत छ। पारिवारिक साथ सहयोगले आत्मबल बढ्नेछ।
धनु (ये, यो, भा, भि, भू, धा, फा, ढा, भे)
आज दिन शुभ रहनेछ। वैदेशिक अवसर खोज्नेहरूका लागि राम्रो समय छ। मानसिक शान्ति मिल्नेछ। प्रेम जीवनमा सुधार आउनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
थोरै मेहनतले ठूलो उपलब्धि प्राप्त गर्न सकिनेछ। आत्मविश्वास बढ्नेछ। नयाँ योजना कार्यान्वयन गर्न अनुकूल समय छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सहयोगीहरूबाट राम्रो साथ पाइनेछ। प्रेम तथा वैवाहिक जीवनमा सकारात्मक सुधार आउनेछ। यात्राका अवसरहरू प्राप्त हुन सक्छन्।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
व्यापार व्यवसायमा सामान्य फाइदा मिल्नेछ। पारिवारिक सद्भाव बढ्नेछ। ध्यान तथा योगमा समय बिताउनु राम्रो हुनेछ।
शुभ दिनको शुभकामना!
- Jigyasa media