Breaking News
ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||    

माघ ९ गते, बुधवार, २०८१ को राशिफल हेर्नुहोस्

  •   २ वर्ष अघि | ९ माघ २०८१, बुधबार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज कुनै महत्वपूर्ण काममा बाधा आउन सक्छ। नयाँ काम थाल्नुअघि विचार पुर्‍याउनुहोस्। व्यक्तिगत सम्बन्धमा सन्तुलन कायम राख्नुहोस्।


वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

धेरै दिनदेखि अड्किएको काम सफल हुनेछ। पारिवारिक वातावरण सुखद रहनेछ। आर्थिक क्षेत्रमा लाभ हुने सम्भावना छ।


मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

विद्यार्थीहरूका लागि दिन फलदायी हुनेछ। कार्यक्षेत्रमा उच्च प्रदर्शन हुनेछ। यात्रा सुखद तर थकानपूर्ण रहन सक्छ।


कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

पारिवारिक जिम्मेवारीले तनाव दिन सक्छ। मित्रसँगको सहकार्यले लाभ मिल्नेछ। स्वास्थ्यमा ध्यान दिनुहोस्।


सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

सामाजिक क्षेत्रमा प्रतिष्ठा बढ्नेछ। कुनै नयाँ योजनामा हात हाल्न उपयुक्त समय छ। पारिवारिक सहयोग प्राप्त हुनेछ।


कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

आर्थिक क्षेत्रमा सुधार हुनेछ। आफूलाई थकित महशुस भए पनि महत्त्वपूर्ण निर्णय लिन सकिनेछ। धार्मिक आस्थामा बढोत्तरी हुनेछ।


तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

धेरै प्रयास गर्दा पनि अपेक्षाकृत परिणाम नआउन सक्छ। साझेदारीका काममा विवाद हुन सक्छ। संयम राख्नुहोस्।


वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

स्वास्थ्यमा सुधार आउनेछ। नयाँ योजनाको थालनी हुनेछ। प्रेम सम्बन्धमा सकारात्मकता आउनेछ।


धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

आर्थिक लाभको सम्भावना छ। पारिवारिक वातावरणमा केही तनाव उत्पन्न हुन सक्छ। सोचविचार गरेर मात्र खर्च गर्नुहोस्।


मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

पुराना कामको समीक्षा गर्न समय उपयुक्त छ। साथीभाइ र परिवारसँग रमाइलो समय बित्नेछ। सामाजिक उत्तरदायित्व बढ्न सक्छ।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

पढाइ लेखाइमा प्रगति हुनेछ। कार्यक्षेत्रमा प्रशंसा प्राप्त हुनेछ। परोपकारका काममा रुचि बढ्नेछ।


मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

अधूरा कामहरू पूरा हुनेछन्। मन प्रसन्न रहनेछ। प्रेम सम्बन्धमा मिठास आउनेछ। आर्थिक लाभ हुने दिन छ।


शुभ दिन ।।


  • Jigyasa media

थप