Breaking News
एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||     कोजाग्रत पूर्णिमामा महालक्ष्मीको पूजा, रातभर जाग्राम बस्ने परम्परा    ||    

माघ ९ गते, बुधवार, २०८१ को राशिफल हेर्नुहोस्

  •   २ वर्ष अघि | ९ माघ २०८१, बुधबार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज कुनै महत्वपूर्ण काममा बाधा आउन सक्छ। नयाँ काम थाल्नुअघि विचार पुर्‍याउनुहोस्। व्यक्तिगत सम्बन्धमा सन्तुलन कायम राख्नुहोस्।


वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

धेरै दिनदेखि अड्किएको काम सफल हुनेछ। पारिवारिक वातावरण सुखद रहनेछ। आर्थिक क्षेत्रमा लाभ हुने सम्भावना छ।


मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

विद्यार्थीहरूका लागि दिन फलदायी हुनेछ। कार्यक्षेत्रमा उच्च प्रदर्शन हुनेछ। यात्रा सुखद तर थकानपूर्ण रहन सक्छ।


कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

पारिवारिक जिम्मेवारीले तनाव दिन सक्छ। मित्रसँगको सहकार्यले लाभ मिल्नेछ। स्वास्थ्यमा ध्यान दिनुहोस्।


सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

सामाजिक क्षेत्रमा प्रतिष्ठा बढ्नेछ। कुनै नयाँ योजनामा हात हाल्न उपयुक्त समय छ। पारिवारिक सहयोग प्राप्त हुनेछ।


कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

आर्थिक क्षेत्रमा सुधार हुनेछ। आफूलाई थकित महशुस भए पनि महत्त्वपूर्ण निर्णय लिन सकिनेछ। धार्मिक आस्थामा बढोत्तरी हुनेछ।


तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

धेरै प्रयास गर्दा पनि अपेक्षाकृत परिणाम नआउन सक्छ। साझेदारीका काममा विवाद हुन सक्छ। संयम राख्नुहोस्।


वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

स्वास्थ्यमा सुधार आउनेछ। नयाँ योजनाको थालनी हुनेछ। प्रेम सम्बन्धमा सकारात्मकता आउनेछ।


धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

आर्थिक लाभको सम्भावना छ। पारिवारिक वातावरणमा केही तनाव उत्पन्न हुन सक्छ। सोचविचार गरेर मात्र खर्च गर्नुहोस्।


मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

पुराना कामको समीक्षा गर्न समय उपयुक्त छ। साथीभाइ र परिवारसँग रमाइलो समय बित्नेछ। सामाजिक उत्तरदायित्व बढ्न सक्छ।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

पढाइ लेखाइमा प्रगति हुनेछ। कार्यक्षेत्रमा प्रशंसा प्राप्त हुनेछ। परोपकारका काममा रुचि बढ्नेछ।


मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

अधूरा कामहरू पूरा हुनेछन्। मन प्रसन्न रहनेछ। प्रेम सम्बन्धमा मिठास आउनेछ। आर्थिक लाभ हुने दिन छ।


शुभ दिन ।।


  • Jigyasa media

थप