Breaking News
ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||    

आजको राशिफल (पुस ४, २०८१)

  •   २ वर्ष अघि | ४ पुस २०८१, बिहिबार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

सामाजिक कार्यमा सक्रियता बढ्नेछ। पुराना समस्या समाधान हुने सम्भावना छ। पारिवारिक साथ र सहयोगले मनमा उत्साह पैदा हुनेछ।


वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

धनसम्बन्धी लाभको अवसर मिल्नेछ। अध्ययनमा प्रगति हुनेछ। नयाँ जिम्मेवारी हातलागी हुन सक्छ। यात्रामा विशेष सावधानी अपनाउनुहोस्।


मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

कामको चापले थकान महसुस हुनेछ। व्यक्तिगत जीवनमा केही तनाव आउन सक्छ। तर, साथीसँगको भेटघाटले मन हल्का बनाउनेछ।


कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आकस्मिक खर्चले चिन्ता बढाउन सक्छ। तर, मनोबल उच्च राख्दा समस्याको समाधान निस्कनेछ। स्वास्थ्यमा ध्यान दिनुहोस्।


सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

धार्मिक कार्यमा रुचि बढ्नेछ। नजिकका व्यक्तिहरूसँग सम्बन्ध थप बलियो हुनेछ। घरायसी वातावरण सुखद रहनेछ।


कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

काममा सफलता मिल्नेछ। पारिवारिक जीवनमा सन्तुलन कायम हुनेछ। रोकिएका काम पुनः सुरु गर्न सकिनेछ।


तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

नयाँ जिम्मेवारी लिने अवसर मिल्नेछ। आर्थिक पक्षमा सुधार हुनेछ। मिष्ठान्न भोजनको अवसर जुर्न सक्छ।


वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

व्यवसायमा फाइदा हुने दिन छ। यात्रा शुभ हुनेछ। पारिवारिक र सामूहिक काममा सहभागी हुने अवसर मिल्नेछ।


धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

पुराना समस्याहरू हल हुनेछन्। बौद्धिक क्षमताको कदर हुनेछ। टाढाका आफन्तसँग सम्बन्ध सुधार हुनेछ।


मकर (भो, ज, जि, खि, खु, खे, खो, ग, गि)

काममा ध्यान दिनुहोस्, सानोतिनो गल्तीले अप्ठ्यारो पर्न सक्छ। तर, परिवारको माया र समर्थनले ऊर्जा प्राप्त हुनेछ।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

नयाँ योजना अघि बढाउन सकिनेछ। आर्थिक क्षेत्रमा सुधार आउनेछ। प्रेम सम्बन्ध सुदृढ हुने समय छ।


मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

स्वास्थ्यका कारण काममा अवरोध आउन सक्छ। तर, धैर्यताले राम्रो परिणाम दिनेछ। धर्मकर्ममा समय बिता

उनाले मन हल्का हुनेछ।


– तपाईंको दिन शुभ रहोस्!


  • Jigyasa media

थप