Breaking News
एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||     कोजाग्रत पूर्णिमामा महालक्ष्मीको पूजा, रातभर जाग्राम बस्ने परम्परा    ||    

आजको राशिफल (पुस ४, २०८१)

  •   २ वर्ष अघि | ४ पुस २०८१, बिहिबार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

सामाजिक कार्यमा सक्रियता बढ्नेछ। पुराना समस्या समाधान हुने सम्भावना छ। पारिवारिक साथ र सहयोगले मनमा उत्साह पैदा हुनेछ।


वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

धनसम्बन्धी लाभको अवसर मिल्नेछ। अध्ययनमा प्रगति हुनेछ। नयाँ जिम्मेवारी हातलागी हुन सक्छ। यात्रामा विशेष सावधानी अपनाउनुहोस्।


मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

कामको चापले थकान महसुस हुनेछ। व्यक्तिगत जीवनमा केही तनाव आउन सक्छ। तर, साथीसँगको भेटघाटले मन हल्का बनाउनेछ।


कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आकस्मिक खर्चले चिन्ता बढाउन सक्छ। तर, मनोबल उच्च राख्दा समस्याको समाधान निस्कनेछ। स्वास्थ्यमा ध्यान दिनुहोस्।


सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

धार्मिक कार्यमा रुचि बढ्नेछ। नजिकका व्यक्तिहरूसँग सम्बन्ध थप बलियो हुनेछ। घरायसी वातावरण सुखद रहनेछ।


कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

काममा सफलता मिल्नेछ। पारिवारिक जीवनमा सन्तुलन कायम हुनेछ। रोकिएका काम पुनः सुरु गर्न सकिनेछ।


तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

नयाँ जिम्मेवारी लिने अवसर मिल्नेछ। आर्थिक पक्षमा सुधार हुनेछ। मिष्ठान्न भोजनको अवसर जुर्न सक्छ।


वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

व्यवसायमा फाइदा हुने दिन छ। यात्रा शुभ हुनेछ। पारिवारिक र सामूहिक काममा सहभागी हुने अवसर मिल्नेछ।


धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

पुराना समस्याहरू हल हुनेछन्। बौद्धिक क्षमताको कदर हुनेछ। टाढाका आफन्तसँग सम्बन्ध सुधार हुनेछ।


मकर (भो, ज, जि, खि, खु, खे, खो, ग, गि)

काममा ध्यान दिनुहोस्, सानोतिनो गल्तीले अप्ठ्यारो पर्न सक्छ। तर, परिवारको माया र समर्थनले ऊर्जा प्राप्त हुनेछ।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

नयाँ योजना अघि बढाउन सकिनेछ। आर्थिक क्षेत्रमा सुधार आउनेछ। प्रेम सम्बन्ध सुदृढ हुने समय छ।


मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

स्वास्थ्यका कारण काममा अवरोध आउन सक्छ। तर, धैर्यताले राम्रो परिणाम दिनेछ। धर्मकर्ममा समय बिता

उनाले मन हल्का हुनेछ।


– तपाईंको दिन शुभ रहोस्!


  • Jigyasa media

थप