१. मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आफन्तसँग सल्लाहमा समय बित्न सक्छ। नयाँ कामको थालनी नगर्दा राम्रो हुन्छ। विचारमा द्विविधा आउन सक्छ, तर संयमित व्यवहारले समस्या टर्न सकिन्छ।
२. वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
पुराना योजनाहरू सफल हुने सम्भावना छ। पारिवारिक सहकार्यबाट लाभ मिल्नेछ। आर्थिक पक्ष पनि विस्तारै सबल बन्दै जाने संकेत छ।
३. मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
नयाँ सम्बन्धहरू विस्तार हुने दिन हो। आत्मबल बढ्नेछ। मन प्रसन्न बनाउने समाचार प्राप्त हुनसक्छ। प्रतिस्पर्धामा विजयी भइनेछ।
४. कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
थोरै श्रमले बढी लाभ उठाउन सकिने दिन हो। प्रेम तथा मित्रता प्रगाढ हुनेछ। सौन्दर्यप्रति आकर्षण बढ्नेछ। कार्यमा सृजनात्मकता देखिनेछ।
५. सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पारिवारिक तनाव उत्पन्न हुन सक्छ। अत्यधिक भावुकता नियन्त्रण गर्नुहोला। खर्च बढ्न सक्छ। धार्मिक वा सामाजिक कार्यमा समय दिनु राम्रो हुनेछ।
६. कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
कला, साहित्य, मिडिया वा शिक्षाक्षेत्रका व्यक्तिका लागि अनुकूल दिन। यात्रामा लाभ मिल्नेछ। नयाँ अवसर प्राप्त हुने संकेत छ।
७. तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
धेरै योजनामा हात हाल्नुभन्दा एउटा कार्यमा केन्द्रित हुन उचित हुनेछ। आत्मविश्वास बढ्नेछ। सहकर्मी वा परिवारबाट समर्थन पाइनेछ।
८. वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कानुनी वा प्रशासनिक काममा सफलता मिल्नेछ। आत्मबल उच्च रहनेछ। बोल्दा विचार पुर्याउनुहोला, नत्र अनावश्यक वादविवादमा फस्न सकिन्छ।
९. धनु (ये, यो, भा, भि, भू, ध, फा, ढ, भे)
साझेदारीमा समस्या आउन सक्छ। निर्णयमा ढिलासुस्ती नगर्नुहोला। गुमेको सम्पर्क पुन: कायम हुने सम्भावना छ। विश्वासिलो मान्छेबाट साथ मिल्नेछ।
१०. मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
पदोन्नति वा जिम्मेवारी बढ्ने सम्भावना छ। घरपरिवारमा सुखद माहोल बन्नेछ। आर्थिक पक्ष सुदृढ बन्दै जाने संकेत छ।
११. कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
नयाँ योजना कार्यान्वयन गर्न अनुकूल समय हो। परिश्रम अनुसार प्रतिफल पाइनेछ। धार्मिक वा सामाजिक काममा सम्मान मिल्ने योग।
१२. मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
मनमा असन्तोष भए पनि सहनशीलता आवश्यक छ। खर्च बढ्न सक्छ। अध्ययन वा चिन्तनमा समय खर्च गर्नु उचित हुनेछ।
-
Jigyasanepal