मेष (चू, चे, चो, ला, लि, लु, ले, लो, अ)
आजको दिन तपाईंका लागि सकारात्मक रहनेछ। नयाँ योजनामा लगानी गर्दा फाइदा हुनेछ। पारिवारिक सहयोगले आत्मविश्वास बढ्नेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आर्थिक पक्ष सुदृढ हुनेछ। मित्रहरूको सहयोगले मन प्रसन्न हुनेछ। नयाँ काम सुरु गर्दा सफलता हात लाग्ने सम्भावना छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
काममा भएको ढिलाइले तनाव हुन सक्छ। तर, पुरानो मित्रसँगको भेटले आत्मबल बढाउनेछ। यात्रामा सावधानी अपनाउनुहोस्।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
साझेदारीका काम सफल हुनेछन्। घरपरिवारमा रमाइलो वातावरण सिर्जना हुनेछ। प्रेम जीवनमा सकारात्मक परिवर्तन आउनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
महत्त्वपूर्ण निर्णय लिनुपर्ने दिन हो। संयम र धैर्य अपनाउनुहोस्। स्वास्थ्यमा ध्यान दिनुहोला।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
विचार पुर्याएर मात्र निर्णय लिनु राम्रो हुनेछ। व्यावसायिक क्षेत्रमा सुधार आउनेछ। परिवारको समर्थनले नयाँ ऊर्जा मिल्नेछ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
सहयोगीहरूले काममा हौसला प्रदान गर्नेछन्। आर्थिक क्षेत्र सबल बन्नेछ। नयाँ जिम्मेवारीले तपाईंलाई व्यस्त बनाउनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पुरानो समस्या समाधान हुने दिन हो। साथीभाइको साथले महत्त्वपूर्ण काममा सफलता मिल्नेछ।
धनु (ये, यो, भा, भि, भू, धा, फा, ढा, भे)
नयाँ कार्यको थालनी हुनेछ। आर्थिक लाभका लागि अनुकूल समय छ। पारिवारिक सुखमा वृद्धि हुनेछ।
मकर (भो,जा,जि, खि, खु, खे, खो,गा,गि)
कार्य क्षेत्रमा सफलता मिल्नेछ। नजिकका मानिससँग आत्मीयता बढ्नेछ। वैवाहिक जीवनमा सुधार आउनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आजको दिन यात्राका लागि अनुकूल छैन। योजनामा केही बाधा आउन सक्छ। धैर्य र समझदारीले समाधान खोज्नुहोस्।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
पुरानो कामको मूल्यांकन हुनेछ। नयाँ अवसरको खोजी हुनेछ। आत्मविश्वासले तपाईंलाई अघि बढ्न मद्दत गर्नेछ।
♣ शुभ दिन ।।
- Jigyasa media