मेष (ARIES) – चू, चे, चो, ला, लि, लू, ले, लो, अ
आज दिन नयाँ जिम्मेवारीको संकेत ल्याउनेछ। काममा सफलता पाइएला तर अतिरिक्त दबाबको सामना गर्नुपर्ला। व्यापारमा सुधार हुनेछ।
वृष (TAURUS) – ई, उ, ए, ओ, वा, वि, वू, वे, वो
धनागमन राम्रो हुनेछ। पारिवारिक सुखमा वृद्धि हुनेछ। प्रेमसम्बन्ध सुदृढ हुनेछ। यात्रामा सावधानी अपनाउनुहोला।
मिथुन (GEMINI) – का, कि, कु, घ, ङ, छ, के, को, हा
नयाँ अवसरहरू प्राप्त हुनेछन्। अध्ययन–अध्यापनमा प्रगति हुनेछ। दाम्पत्य जीवन सुखी रहला। खर्च बढ्न सक्छ।
कर्कट (CANCER) – हि, हु, हे, हो, डा, डि, डू, डे, डो
भावनामा बग्न सकिन्छ, निर्णय लिँदा विवेक अपनाउनु होला। सामाजिक कार्यमा सम्मान पाइनेछ। स्वास्थ्यप्रति ध्यान दिनुहोस्।
सिंह (LEO) – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आर्थिक लाभ हुने सम्भावना छ। परिश्रम अनुसार फल पाइनेछ। परिवारमा सुमधुर सम्बन्ध रहला।
कन्या (VIRGO) – टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
नयाँ कार्य थालनीका लागि समय अनुकूल देखिन्छ। खर्च बढ्न सक्छ, तर आम्दानी पनि राम्रै हुनेछ।
तुला (LIBRA) – रा, रि, रु, रे, रो, ता, ति, तु, ते
प्रेमसम्बन्धमा मधुरता आउनेछ। मान–सम्मान प्राप्त हुनेछ। घरायसी समस्याको समाधान हुनेछ।
वृश्चिक (SCORPIO) – तो, ना, नि, नु, ने, नो, या, यि, यु
नयाँ अवसरहरू आउन सक्छन्। आत्मविश्वास बढ्नेछ। सानो यात्रा हुनसक्छ।
धनु (SAGITTARIUS) – ये, यो, भा, भि, भू, ध, फा, ढा, भे
शिक्षा तथा प्रतिस्पर्धात्मक क्षेत्रमा सफलता मिल्नेछ। प्रेम सम्बन्धमा सुधार हुनेछ।
मकर (CAPRICORN) – भो, जा, जी, खि, खु, खे, खो, गा, गि
आर्थिक पक्ष सबल देखिन्छ। स्वास्थ्यमा सुधार हुनेछ। पारिवारिक सल्लाहमा महत्वपूर्ण निर्णय लिन सकिनेछ।
कुम्भ (AQUARIUS) – गू, गे, गो, सा, सि, सु, से, सो, दा
तोकिएको कार्य समयमा सम्पन्न हुनेछ। धार्मिक तथा सामाजिक कार्यमा संलग्न भइनेछ।
मीन (PISCES) – दी, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज आत्मबल बढ्नेछ। यात्रामा सफलता मिल्नेछ। धन तथा प्रसिद्धि प्राप्त हुनेछ।
शुभ दिन ।
- Jigyasa media