Breaking News
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा, दिउँसोपछि थप सक्रिय हुने सम्भावना    ||     तारा सुवेदीको ‘अनभूतिका महक’ लोकार्पित    ||     तराईनजिक आयो मनसुनको रेखा, आज यी प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना    ||     विलाप    ||     आज काठमाडौं उपत्यकामा वर्षाको राम्रो सम्भावना, अपराह्नपछि मध्यम वर्षा हुन सक्ने    ||     ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||    

पशुपतिमा 'ऐतिहासिक कोटिहोम एवं १०८ श्रीमद्भागवत महायज्ञ' सुरु

  •   २ वर्ष अघि | १ साउन २०८१, मङ्लबार

काठमाडौँ । आजदेखि पशुपति क्षेत्रमा 'ऐतिहासिक पशुपति कोटिहोम एवं १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ' सुरु भएको छ। इतिहासमै पहिलो पटक हुँदै गरेको यो ऐतिहासिक कोटिहोम मानव सेवा फाउन्डेसनलगायत विभिन्न संघ–संस्थाको आयोजनामा साउन महिनाभर पशुपति क्षेत्र परिसरमा आयोजना हुँदैछ।


कोटिहोमको पूर्वसन्ध्यामा विभिन्न र्‍याली तथा प्रभातफेरि जस्ता कार्यक्रमको आयोजना गरिएको थियो भने सोमबार हजारौँ भक्तजनहरुको उपस्थितिमा विशाल शोभा कलश यात्रा गरिएको थियो। महायज्ञमा वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेल, राधिका दासी, श्री राम कथावाचक चन्द्रकला सखी र श्रीमद्भागवतकी लोकप्रिय युवा कथा वाचिका देवी प्रतिभालगायतको कथा प्रवचन रहेको छ।


त्यस्तै, साउन महिनाभर महायज्ञमा १०८ पण्डितबाट विभिन्न पुराणको पाठ पारायण, वैदिक मन्त्रसहित अनवरत हवन, ५ हजार १०० दिव्य कलश पूजन, ४ वेद पाठ, ११ हजार बढी बालिकाको कन्या पूजन, हजारौँको तुलादान, २१ हजार बढी ज्येष्ठ नागरिकको सम्मान, तण्डुलाचल चामलको पर्वत निर्माणलगायतका कार्यक्रम हुनेछन्।


ललितपुरको बाँडेगाउँमा सञ्चालित मामाघर आश्रम र भक्तपुरको चाँगुनारायणमा सञ्चालित छोरीको घर ज्येष्ठ नागरिक आश्रमको भवन निर्माण सहयोगार्थ महायज्ञ आयोजना भइरहेको हो। 


अहिले ती दुबै आश्रमको घर भाडामा रहेका छन्। मामाघर आश्रममा देशका विभिन्न स्थानका ७५ जना अभिभावकविहीन बालबालिकाले निःशुल्क रूपमा गाँस, बास, कपास, स्वास्थ्य र शिक्षा पाइरहेका छन् भने आधारभूत आवश्यकताबाट बञ्चित करिब २० जना बेसहारा आमाबुबाले ताथलीमा रहेको छोरीको घर ज्येष्ठ नागरिक आश्रममा आश्रय पाएका छन्।


  • Jigyasa media

थप