Breaking News
अर्नबको प्रभाव घटेसँगै मौसममा सुधार हुँदै, आजदेखि वर्षा र हिमपात कम हुने    ||     वर्षाले त्रिवि क्रिकेट मैदान जलमग्न, एनपीएलको पहिलो खेल रद्द    ||     अर्नबको प्रभाव कमजोर हुँदै, अझै केही प्रदेशमा भारी वर्षा; दिउँसोपछि मौसममा सुधारको संकेत    ||     कृषिमा युवा आकर्षण बढ्दै: नेपालगञ्जमा तीन युवाले थाले व्यावसायिक सयपत्री फूल खेती    ||     भूपिन र जुनु रानाको निबन्धकृतिलाई ‘विमल गुरुङ कृति पुरस्कार    ||     चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपात, केही क्षेत्रमा भारी वर्षाको चेतावनी    ||     एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||    

पशुपतिमा 'ऐतिहासिक कोटिहोम एवं १०८ श्रीमद्भागवत महायज्ञ' सुरु

  •   २ वर्ष अघि | १ साउन २०८१, मङ्लबार

काठमाडौँ । आजदेखि पशुपति क्षेत्रमा 'ऐतिहासिक पशुपति कोटिहोम एवं १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ' सुरु भएको छ। इतिहासमै पहिलो पटक हुँदै गरेको यो ऐतिहासिक कोटिहोम मानव सेवा फाउन्डेसनलगायत विभिन्न संघ–संस्थाको आयोजनामा साउन महिनाभर पशुपति क्षेत्र परिसरमा आयोजना हुँदैछ।


कोटिहोमको पूर्वसन्ध्यामा विभिन्न र्‍याली तथा प्रभातफेरि जस्ता कार्यक्रमको आयोजना गरिएको थियो भने सोमबार हजारौँ भक्तजनहरुको उपस्थितिमा विशाल शोभा कलश यात्रा गरिएको थियो। महायज्ञमा वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेल, राधिका दासी, श्री राम कथावाचक चन्द्रकला सखी र श्रीमद्भागवतकी लोकप्रिय युवा कथा वाचिका देवी प्रतिभालगायतको कथा प्रवचन रहेको छ।


त्यस्तै, साउन महिनाभर महायज्ञमा १०८ पण्डितबाट विभिन्न पुराणको पाठ पारायण, वैदिक मन्त्रसहित अनवरत हवन, ५ हजार १०० दिव्य कलश पूजन, ४ वेद पाठ, ११ हजार बढी बालिकाको कन्या पूजन, हजारौँको तुलादान, २१ हजार बढी ज्येष्ठ नागरिकको सम्मान, तण्डुलाचल चामलको पर्वत निर्माणलगायतका कार्यक्रम हुनेछन्।


ललितपुरको बाँडेगाउँमा सञ्चालित मामाघर आश्रम र भक्तपुरको चाँगुनारायणमा सञ्चालित छोरीको घर ज्येष्ठ नागरिक आश्रमको भवन निर्माण सहयोगार्थ महायज्ञ आयोजना भइरहेको हो। 


अहिले ती दुबै आश्रमको घर भाडामा रहेका छन्। मामाघर आश्रममा देशका विभिन्न स्थानका ७५ जना अभिभावकविहीन बालबालिकाले निःशुल्क रूपमा गाँस, बास, कपास, स्वास्थ्य र शिक्षा पाइरहेका छन् भने आधारभूत आवश्यकताबाट बञ्चित करिब २० जना बेसहारा आमाबुबाले ताथलीमा रहेको छोरीको घर ज्येष्ठ नागरिक आश्रममा आश्रय पाएका छन्।


  • Jigyasa media

थप