♈ मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज विचारभन्दा भावनामा बग्ने सम्भावना छ। काममा ढिलासुस्ती देखिन सक्छ। ध्यान केन्द्रित राख्दा मात्र सफल भइनेछ। खर्चमा नियन्त्रण गर्नुहोस्।
♉ वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
पुराना साथीहरूबाट खुसीको खबर आउन सक्छ। कारोबारमा नयाँ अवसर पाइनेछ। आत्मविश्वास बढ्नेछ, तर घमण्ड नगर्नुहोस्।
♊ मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सरकारी वा प्रशासनिक काममा सफलता मिल्नेछ। प्रतिस्पर्धामा विजयी भइनेछ। पारिवारिक कुरामा संयमता आवश्यक छ।
♋ कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
धार्मिक वा परोपकारी कार्यमा मन जानेछ। मान्यजनको सल्लाहले लाभ मिल्नेछ। दैनिक कार्यहरू सहजै सम्पन्न हुनेछन्।
♌ सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
विवादमा नपर्नु नै उत्तम हुनेछ। स्वास्थ्यमा सामान्य कमजोरी देखिन सक्छ। आर्थिक निर्णयमा धैर्य अपनाउनुहोस्।
♍ कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
साझेदारी वा वैवाहिक जीवनमा मिठास बढ्नेछ। नयाँ सम्बन्ध विस्तार हुने समय छ। आफ्नो क्षमता अनुसार योजना बनाउनु उपयुक्त।
♎ तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
काममा निरन्तरता आउँछ, तर नतिजा ढिलो देखिन सक्छ। सानातिना स्वास्थ्य समस्या सताउन सक्छ। परिश्रमको मूल्य चाँडै पाइनेछ।
♏ वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सृजनशील काममा सफलता मिल्नेछ। प्रेम सम्बन्धमा प्रगाढता आउँछ। शिक्षा र प्रतिस्पर्धामा पनि सफलता पाइनेछ।
♐ धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
घरपरिवारमा सानो मतभेद आउन सक्छ, सम्हालिएर बोल्नुहोस्। काममा मिहिनेत गर्नुपर्नेछ। आफ्ना कमजोरी सुधार्न सके आजको दिन फलदायी हुनेछ।
♑ मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
छोटो यात्राबाट लाभ मिल्ने सम्भावना छ। सानो प्रयासले पनि ठूलो फाइदा हुने समय हो। नयाँ कुराहरू सिक्न पाइनेछ।
♒ कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आर्थिक पक्ष सुदृढ हुँदै जानेछ। पद–प्रतिष्ठा बढ्ने योग छ। पारिवारिक सहयोग पाइनेछ। आज व्यापार र लगानीका लागि उपयुक्त समय।
♓ मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आफ्नै कारणले अप्ठ्यारोमा पर्न सकिन्छ, सचेत रहनुहोस्। माफी माग्न सकिने स्थितिमा नराम्रो असर पर्नेछैन। धेरै अपेक्षा नगरी कर्ममा जोड दिनु राम्रो।
-
Jigyasanepal