🔴 मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आत्मविश्वास बढ्नेछ। पारिवारिक सहयोग प्राप्त हुनेछ। नयाँ अवसरको संकेत देखिन्छ। व्यापारमा सुधार आउने सम्भावना छ।
शुभ रङ: रातो | शुभ अंक: ५
🟠 वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
कुनै कुराले तनाव दिइरहला, तर धैर्य गर्न सक्नुभयो भने समस्या समाधान हुनेछ। खर्च बढ्न सक्छ। पेट सम्बन्धी समस्या हुन सक्ने दिन हो।
शुभ रङ: सेतो | शुभ अंक: २
🟡 मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
सामाजिक कार्यमा सम्मान प्राप्त हुने सम्भावना छ। धन लाभ हुने योग छ। अध्ययन वा प्रतियोगिता तर्फ सफलता मिल्न सक्छ।
शुभ रङ: हरियो | शुभ अंक: ७
🟢 कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
परिश्रमको राम्रो प्रतिफल पाइनेछ। मनोबल बढ्नेछ। पारिवारिक भेटघाट र आत्मीय सम्बन्धको विकास हुनेछ।
शुभ रङ: निलो | शुभ अंक: १
🔵 सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
काममा ढिलाइ भए पनि अन्ततः सफलता पाइनेछ। आत्मविश्वास कायम राख्नुहोस। यात्रा गर्दा सावधानी अपनाउनु राम्रो।
शुभ रङ: सुन्तला | शुभ अंक: ४
🟣 कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
नयाँ योजना सफलतापूर्वक अघि बढ्नेछ। वैदेशिक अवसर वा जागिरको संभावना देखिन्छ। साथीभाइबाट सहयोग मिल्नेछ।
शुभ रङ: गुलाबी | शुभ अंक: ६
⚪ तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
मनमा उत्साह आउनेछ। दाम्पत्य सम्बन्धमा मिठास रहनेछ। नयाँ लगानी वा योजना सोच्दा लाभ हुनेछ।
शुभ रङ: खरानी | शुभ अंक: ३
⚫ वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
व्यवसायमा चुनौती आउन सक्छ। मानसिक अशान्ति हुन सक्छ, तर साझाबाट सुधार आउने संकेत छ। निर्णय गर्दा सोच विचार गर्नुहोस्।
शुभ रङ: काला | शुभ अंक: ९
🟤 धनु (ये, यो, भ, भि, भू, ध, फा, ढ, भे)
कला, लेखन वा अभिव्यक्तिका क्षेत्रमा सफलता मिल्नेछ। धार्मिक यात्रा वा सत्कर्ममा सहभागी भइने समय हो।
शुभ रङ: पहेंलो | शुभ अंक: ८
🔵 मकर (भो, ज, जि, खि, खु, खे, खो, ग, गा)
आफ्नै निर्णयले झुक्याउने खतरा छ। परामर्श लिएर अघि बढ्दा फाइदा हुन्छ। खर्चमा नियन्त्रण राख्नुहोस्।
शुभ रङ: खैरो | शुभ अंक: ६
🟣 कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
स्वास्थ्यमा सामान्य कमजोरी देखिन सक्छ। बोल्दा वा लेख्दा विचार गर्नुहोस। पारीवारिक मतभेद टाढा राख्नुहोस्।
शुभ रङ: जामुनी | शुभ अंक: २
⚪ मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आर्थिक पक्ष बलियो बन्नेछ। प्रेम सम्बन्धमा नयाँ उर्जा थपिनेछ। पुराना साथीभाइसँग पुन: भेटघाटको अवसर आउन सक्छ।
शुभ रङ: आकाशे | शुभ अंक: ५
-
Jigyasanepal