मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
नयाँ काम सुरु गर्न उपयुक्त समय छ। पारिवारिक साथ र सहयोग मिल्नेछ। यात्राबाट लाभ हुने सम्भावना छ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
धेरै आशा नगर्नुहोस्, सानो प्रयासले पनि राम्रो परिणाम आउन सक्छ। व्यापारमा सोचेजस्तै लाभ हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मनमा दुविधा रहनेछ तर आज महत्वपूर्ण निर्णय लिनुपर्ने दिन हो। साथीभाइको सल्लाह उपयोगी हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
भावनामा बगेर निर्णय नगर्नुहोस्। आर्थिक हिसाबकिताब मिलाउने उत्तम समय हो।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
धेरै व्यस्तता भए पनि परिणाम सन्तोषजनक रहनेछ। मान्यजनको सहयोगले काम बन्नेछ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
शिक्षा र प्रतिस्पर्धामा सफलता मिल्नेछ। आफन्तसँगको भेटघाटले खुसी दिनेछ। प्रेम सम्बन्धमा प्रगति हुनेछ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
थोरै झञ्झट आउन सक्छ तर संयमित भएर काम गर्दा सफलता मिल्नेछ। घरायसी कुरामा ध्यान दिनुहोस्।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सकारात्मक सोचले परिस्थिति अनुकूल बन्नेछ। कामको प्रशंसा पाइनेछ। नयाँ योजना सफल हुने सम्भावना छ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आजको दिन शुभ समाचार सुन्ने दिन हो। आर्थिक पक्ष सुदृढ हुनेछ। छोटो यात्रा लाभदायक रहन सक्छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
काममा ढिलासुस्ती देखिए पनि परिणाम राम्रो मिल्नेछ। पुराना समस्याको समाधान निस्कनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
परिवारमा सौहार्द बढ्नेछ। नयाँ स्रोतबाट धन प्राप्त हुने संकेत छ। प्रेम र मित्रता प्रगाढ बन्नेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
मानसिक सन्तुलनमा कमी आउन सक्छ, ध्यान दिनुहोस्। तर, सृजनात्मक काममा सफलता मिल्ने दिन हो ।
शुभ दिन ।
- Jigyasa media