Breaking News
एनपीएलमा आज दुई खेल, जनकपुरलाई पहिलो जितको खोजी; काठमाडौं विजयी सुरुवातको लक्ष्यमा    ||     चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, देशका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     बाढीको पूर्वसूचनादेखि जोखिमपूर्ण उद्धारसम्म: इन्स्पेक्टर अनिल श्रेष्ठ गण्डकीकै उत्कृष्ट प्रहरी    ||     सेयर बजारमा हरियाली, नेप्से ३३ अंकले उकालो लाग्दा साढे ७ अर्बको कारोबार    ||     पहिलो जितको खोजीमा सुदूरपश्चिम, पोखरालाई सुखद सुरुवातको अवसर    ||     चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, तीन दिन सतर्क रहन आग्रह    ||     बिहीबारदेखि देशका धेरै स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम    ||     एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–चितवन र कर्णाली–जनकपुर भिड्दै    ||     आजदेखि एनपीएलको तेस्रो संस्करण सुरु, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै    ||     कोजाग्रत पूर्णिमामा महालक्ष्मीको पूजा, रातभर जाग्राम बस्ने परम्परा    ||    

फाल्गुन २० गते, मंगलवार, २०८१ को राशिफल

  •   २ वर्ष अघि | १९ फाल्गुन २०८१, सोमवार

मेष (Aries) (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आजको दिन तपाईका लागि उर्जा र उमंगले भरिएको रहनेछ। पारिवारिक साथ र सहयोग प्राप्त हुनेछ। आर्थिक पक्ष सुदृढ बन्ने संकेत छ। स्वास्थ्यप्रति सचेत रहनुहोस्।


वृष (Taurus) (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

नयाँ अवसर प्राप्त हुने दिन हो। आफन्त तथा साथीहरूसँगको सम्बन्धमा सुधार आउनेछ। यात्राका लागि समय अनुकूल छ। निर्णय लिने क्षमतामा वृद्धि हुनेछ।


मिथुन (Gemini) (क, कि, कु, घ, ङ, छ, के, को, ह)

बोलीको प्रभाव बढ्नेछ, तर अनावश्यक विवादबाट टाढा रहनु उचित हुनेछ। आर्थिक लेनदेन गर्दा विशेष ध्यान दिनुहोस्। अध्ययन तथा अध्यापनमा प्रगति हुनेछ।


कर्कट (Cancer) (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आजको दिन पारिवारिक जीवन सुखमय रहनेछ। प्रेमसम्बन्धमा आत्मीयता बढ्नेछ। व्यापार व्यवसायमा लाभ हुनेछ। स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ।


सिंह (Leo) (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

साहसिक कार्यमा सफलता मिल्नेछ। मान सम्मान र प्रतिष्ठा बढ्नेछ। मन प्रसन्न रहनेछ। आर्थिक रूपमा फाइदा पुग्ने योग देखिन्छ।


कन्या (Virgo) (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

बौद्धिक गतिविधिमा संलग्न हुनु पर्नेछ। तपाईका योजना पूरा हुने सम्भावना छ। परिवारमा खुशीयालीको माहोल रहनेछ। खर्चको मात्रा बढ्न सक्छ, सचेत रहनुहोस्।


तुला (Libra) (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

सजगता अपनाउनु पर्ने दिन हो। अनावश्यक खर्च बढ्न सक्छ। मनमा अस्थिरता रहन सक्छ। धैर्य राख्नुहोस्, परिस्थिती अनुकूल बन्दै जानेछ।


वृश्चिक (Scorpio) (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

नयाँ अवसरहरू प्राप्त हुनेछन्। पारिवारिक जीवनमा सुख-शान्ति छाउनेछ। आर्थिक स्थिति सबल बन्दै जानेछ। सामाजिक प्रतिष्ठा बढ्ने संकेत छ।


धनु (Sagittarius) (ये, यो, भा, भि, भू, ध, फा, ढ, भे)

धेरै मिहिनेत गर्नुपर्ने दिन छ। सोचेको जस्तो परिणाम नआउन सक्छ। खर्चमा नियन्त्रण गर्नुहोस्। धैर्य र संयम अपनाउँदा फाइदा हुनेछ।


मकर (Capricorn) (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

सौभाग्यशाली दिन रहनेछ। आयआर्जनका नयाँ अवसरहरू मिल्नेछन्। प्रेमसम्बन्ध सुदृढ हुनेछ। यात्राको सम्भावना देखिन्छ, तर सतर्कता अपनाउनुहोस्।


कुम्भ (Aquarius) (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

प्रभावशाली व्यक्तिसँग सम्पर्क बढ्नेछ। सानातिना झमेलाहरू समाधान हुनेछन्। कार्यमा सफलता मिल्नेछ। आर्थिक रूपमा फाइदा पुग्नेछ।


मीन (Pisces) (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

आजको दिन उत्साहजनक रहनेछ। मिहिनेतअनुसार सफलता मिल्नेछ। पारिवारिक वातावरण सुखद रहनेछ। मानसिक शान्ति प्राप्त हुनेछ।


✦ शुभ दिन ।


  • Jigyasa media

थप