Breaking News
ब्रड पिक आरोहणमा दुःखद क्षति : दोलखाका विश्वकीर्तिमानी आरोही किलि पेम्बा शेर्पाको शव फेला    ||     ब्रड पिकमा हिमपहिरो : निर्मल पुर्जासहित १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन    ||     आज राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पनि वर्षा हुने संकेत    ||     विशेष सम्पादकीय: तपाइँको विश्वासको तेस्रो वर्ष प्रवेश !    ||     अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको सम्झनामा शोक सभा    ||     गुरुपूर्णिमा आज : ज्ञानका ज्योति गुरुजनप्रति श्रद्धा र सम्मान व्यक्त गरिँदै    ||     सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनको अपिल : "आक्रोश होइन, संयमता र सामाजिक सद्भाव कायम गरौँ"    ||     लोलिएका आखाँवाल    ||     आज बागमती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह    ||     विश्वकप हेर्न क्यानडा पुगेका पाँच नेपालीसहित १७५ जनाले मागे शरण    ||    

दैनिक राशिफल – २०८१ पुष २०, शनिबार

  •   २ वर्ष अघि | २० पुस २०८१, शनिबार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज प्रयास गर्दा रोकिएका कार्यहरू सफल हुनेछन्। पारिवारिक सहयोगले मनोबल बढ्नेछ। नसोचेको स्थानबाट आर्थिक लाभ हुनेछ।


वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

आज साना कामहरूबाट ठूलो उपलब्धि हासिल हुनेछ। अध्ययन र व्यवसायमा प्रगति हुनेछ। साथीभाइसँग रमाइलो वातावरणमा समय बित्नेछ।


मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

आज स्वास्थ्यमा केही कमजोरी महशुस हुन सक्छ। खर्च बढ्न सक्छ, तर नसोचेको लाभले आर्थिक पक्ष सुदृढ हुनेछ।


कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आज नयाँ कामको थालनी गर्दा सफलता मिल्नेछ। आत्मबल बढ्नेछ। परिवारभित्र खुसीको वातावरण सिर्जना हुनेछ।


सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज कुनै कुराले मानसिक तनाव दिन सक्छ। तर, तपाईंको निर्णय क्षमता राम्रो हुनेछ। झिनामसिना समस्याहरू समाधान हुनेछ।


कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

आज धार्मिक तथा आध्यात्मिक क्षेत्रमा रुचि बढ्नेछ। समय र परिस्थिति तपाईंको पक्षमा रहनेछ। आर्थिक लाभका लागि नयाँ अवसरहरू आउन सक्छन्।


तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

आज आफ्नो क्षमताको उचित उपयोग गर्न सकेमा सफलता हात लाग्नेछ। नयाँ जिम्मेवारी आउनेछ। परिवारमा सल्लाह–सुझाव लिएर अघि बढ्नु बुद्धिमानी हुनेछ।


वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आज अड्किएका कामहरू सम्पन्न हुनेछन्। व्यापार र व्यवसायबाट राम्रो फाइदा मिल्नेछ। पुराना समस्या समाधान हुनेछन्।


धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

आज साथीभाइसँग समय रमाइलो हुनेछ। तर, ध्यान दिनुहोला, आज लापरवाहीले समस्या निम्त्याउन सक्छ। स्वास्थ्यमा पनि ध्यान दिनु आवश्यक छ।


मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

आज नजिकका मानिससँग सम्बन्ध सुदृढ हुनेछ। दाम्पत्य जीवनमा खुसी छाउनेछ। मन उत्साहित हुनेछ।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

आज नयाँ योजना बनाउने समय छ। काम गर्ने जोश जाँगर बढ्नेछ। साथीभाइबाट सहयोग पाउने समय छ।


मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

आज शुभ समाचारले उत्साह थप्नेछ। पारिवारिक खुसीको समय हो। प्रेमसम्बन्धमा पनि नयाँ मोड आउन सक्छ।


 शुभ दिनको शुभकामना!


  • Jigyasa media

थप