मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
महत्त्वपूर्ण निर्णयमा सतर्कता अपनाउनुहोस्। आज केही असहज परिस्थितिहरू आउन सक्छन्, धैर्य र विवेकले काम लिनुहोला।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पारिवारिक वातारण सौहार्दपूर्ण रहन सक्छ। व्यवसायमा लाभको सम्भावना छ। नयाँ मित्रता लाभदायक बन्न सक्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
शिक्षा र प्रतियोगितामा सफलता मिल्नेछ। आफन्तको साथले मन प्रसन्न हुनेछ। स्वास्थ्यमा सुधार देखिन्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कानूनी वा सरकारी काममा सफलता मिल्न सक्छ। यात्रा लाभदायक हुनेछ। वाणी र व्यवहारमा मधुरता आवश्यक छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
साझेदारी वा सहकार्यबाट फाइदा मिल्नेछ। प्रेम सम्बन्ध प्रगाढ बन्नेछ। तर भावनामा बहिनु अघि सोच्नु होला।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज कामको चाप बढ्न सक्छ। शरीरमा थकान अनुभव हुन सक्छ। आत्मबल उच्च राख्दा सफलता मिल्नेछ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
सृजनात्मक काममा सफलता मिल्नेछ। मन रमाइलो काममा लाग्न सक्छ। आर्थिक क्षेत्रमा सुधार आउनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
घरपरिवारमा सानो विवाद हुन सक्छ। बोल्दा वा लेख्दा संयमता अपनाउनुहोस्। धर्मकर्मतर्फ आकर्षण बढ्नेछ।
धनु (ये, यो, भा, भि, भू, ध, फा, ढ, भे)
आज यात्रामा विशेष सफलता मिल्नेछ। मित्रहरूसँग भेटघाट रमाइलो हुनेछ। नयाँ अवसरहरू प्राप्त हुनसक्छन्।
मकर (भो, जा, जि, खि, खु, खे, खो, गा, गि)
धेरै समयदेखिको प्रयास सफल हुनसक्छ। घरायसी लाभ मिल्नेछ। शुभ समाचार सुन्न पाइने संकेत।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
धन खर्च बढ्न सक्छ, तर त्यही खर्चले भविष्यमा लाभ दिन सक्छ। नयाँ योजना सुरु गर्नु अनुकूल हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
ध्यान र योगजस्ता कार्यमा रुचि बढ्नेछ। आत्मविश्वास बढ्नेछ। प्रेम वा वैवाहिक जीवनमा सकारात्मकता बढ्नेछ
- L