मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज आत्मबल बढ्नेछ। नयाँ अवसर प्राप्त हुन सक्छ। पारिवारिक सुख शान्ति बढ्नेछ। प्रेम जीवनमा उत्साह छाउनेछ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
सावधानी अपनाउनुहोस्, निर्णय गर्दा सतर्क रहनुहोला। भावनामा बग्नाले समस्या आउन सक्छ। आर्थिक पक्ष सामान्य रहनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
धेरै मेहनत गर्दा पनि अपेक्षित सफलता नआउन सक्छ। नसोचेको ठाउँबाट धनलाभ हुने संकेत छ। मित्र र परिवारको सहयोग पाइनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
व्यापारिक कार्यमा सफलता मिल्नेछ। शुभ समाचार सुन्न पाइनेछ। प्रेम जीवनमा सुधार आउनेछ। धार्मिक कार्यमा मन जानेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज काममा बाधा आउन सक्छ। जिद्दीपनाले समस्या निम्त्याउन सक्छ। स्वास्थ्यमा ध्यान दिनुहोस्।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
नयाँ योजना सफल हुनेछ। दाम्पत्य जीवनमा खुशी बढ्नेछ। लामो समयदेखि रोकिएको काम बन्न सक्छ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
विवादबाट टाढा रहनुहोस्। पारिवारिक साथ मिल्नेछ। पुरानो समस्या हल हुन सक्छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
काममा प्रगति हुनेछ। प्रेम जीवनमा उत्साह छाउनेछ। धन लाभको अवसर मिल्नेछ।
धनु (ये, यो, भा, भि, भू, धा, फा, ढा, भे)
बुद्धिको सही प्रयोग गर्दा फाइदा हुनेछ। पुरानो झगडा समाधान हुनेछ। पारिवारिक सम्बन्ध सुदृढ हुनेछ।
मकर (भो, जा, जि, खि, खु, खे, खो, गा, गि)
धन खर्च बढ्न सक्छ। व्यापारमा सामान्य लाभ हुनेछ। मानसिक तनाव रहन सक्छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
नयाँ अवसर प्राप्त हुनेछन्। समाजमा मान सम्मान बढ्नेछ। यात्रामा लाभ हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आज भाग्यले साथ दिनेछ। स्वास्थ्य राम्रो रहनेछ। शुभकार्यको योजना बन्न सक्छ।
♉ शुभ दिन ।
- Jigyasa media