१. मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आत्मविश्वास बढ्नेछ। नयाँ योजना सुरु गर्न अनुकूल समय हो। पारिवारिक साथ सहयोगले मन प्रसन्न रहनेछ।
२. वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
धनसम्बन्धी काममा सतर्कता अपनाउनु होला। यात्रा सावधानीपूर्वक गर्नु उचित हुनेछ।
३. मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
मन भावुक बन्न सक्छ। साथीभाइसँग मनमुटाव हुनसक्छ, तर बुद्धिमत्ताले समस्याको समाधान पाउनुहुनेछ।
४. कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
पुराना कामको मूल्याङ्कन हुने दिन हो। वैदेशिक काममा सफलता मिल्न सक्छ।
५. सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
बौद्धिक क्षमताको उपयोग गरी अग्रसर बन्न सक्नुहुन्छ। सम्मान र पुरस्कार प्राप्त हुने सम्भावना छ।
६. कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
पारिवारिक खुसी मिल्नेछ। नयाँ सम्पर्क र सम्बन्ध बन्नेछ। स्वास्थ्यमा ध्यान दिनु पर्ने दिन हो।
७. तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
सजिलै कामहरू बन्नेछन्। माया–प्रेममा सकारात्मक संकेत देखिन्छ। तर, भावनामा बहकिनु ठीक नहोला।
८. वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अरूको कुराले मन खराब नबनाउनुहोस्। गुप्त शत्रुबाट सावधान रहनुहोला। धैर्यले सफलता सम्भव छ।
९. धनु (ये, यो, भा, भि, भु, ध, फा, ढ, भे)
पढाइ वा कामको मूल्याङ्कन हुने समय हो। सानो प्रयासले ठूलो सफलता हात लाग्न सक्छ।
१०. मकर (भो, जा, जि, जु, जे, जो, खा, खि, खु, खे)
ब्यापार र वित्तीय क्षेत्र सुदृढ बन्नेछ। सार्वजनिक प्रतिष्ठा बढ्ने सम्भावना छ।
११. कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
नयाँ सोच र योजना लागू गर्न सकिने दिन। शुभ समाचारले मन उत्साहित बनाउनेछ।
१२. मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
धेरै कुरामा ध्यान जान सक्नेछ, तर एकैपटक धेरै जिम्मेवारी लिँदा थकान हुन सक्छ। प्रेम र सम्बन्धमा सुधार आउनेछ।
शुभ दिन ।
- Jigyasa media